
लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पथरी ४ को वडा समिति गठन भएको छ । बुधबार आयोजित कार्यक्रमले गज बहादुर लाबुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

उक्त समितिको उपाध्यक्षमा टेक बहादुर नेयोङ, सचिवमा विवेक माङदेन, सहसचिव सञ्जय नाल्बो र अर्थसचिवमा दिलमाया राई रहेका छन् । त्यसैगरी सदस्यहरुमा हस्त बहादुर चेम्जोङ, चन्द्र बहादुर राई, देवराज पन्धाक, विमला राई, मायाकुमारी चेम्जोङ, धनबहादुर साँवा, बुद्धीराज पन्धाक, निर्माया चेम्जोङ, दिलकुमार राई र जय बहादुर लिम्बु रहेका छन् ।
कार्यक्रममा मञ्चका प्रान्तिय सचिवालय सदस्य धनप्रसाद साँवा, संघीय सदस्य शशीकला चोङबाङ, केन्द्रीय उपकमाण्डर दिपेस खालिङ राई, नगर उपाध्यक्ष ध्रुव साम्सोहाङ, प्रेम खेवा, लाल बहादुर देवान, नगर कोषाध्यक्ष दिल आङबुहाङ, सचिव बल बहादुर फियाक लगायत नेताहरु रहेका छन् ।