
इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल छथरजोरपाटी २ मा वडा समिति चयन भएको छ । शनिबार सुभानसिं लिम्बु (सुनिल)को अध्यक्षतामा समिति चयन भएको हो ।
मञ्चका धनकुटा जिल्ला अध्यक्ष कविर लिम्बुको उपस्थितिमा गठित समितिको जीत बहादुर लिम्बु, सचिवमा श्रीप्रसाद लिम्बु, सहसचिवमा हरि गोपाल भट्टराई र अर्थसचिवमा मिना लिम्बु चयन भएका छन् । यसरी नै सदस्यहरुमा भने क्रमशः गंगा लिम्बु, दिपक लिम्बु, मनकुमार लिम्बु, बालकुमार लिम्बु, बुद्ध बहादुर लिम्बु र चन्द्र बहादुर लिम्बु चयन भएका छन् ।
कार्यक्रममा जिल्ला सहसचिव पदम सिं आङ्लाबाङ, सदस्यहरु दौलथ लिम्बु र एमवि. मिभक लगायत नेताहरुको उपस्थिति रहेको थियो ।