अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कारबाट सुब्बा र थिङ पुरस्कृत

 लिम्बुवान न्युज
                       

पाँचथर, १५ चैत / लेखक अमर नेम्बाङ लिम्बूको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कार–२०७८ बाट लेखक शारदा सुब्बा र बिना थिङ मंगलबार फिदिममा पुरस्कृत भएका छन् ।

फिदिमस्थित मनश्वी होटलको सभाहलमा आयोजित कार्यक्रममा लेखक थिङलाई कार्यक्रमका प्रमुख अतिथि, नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना लगायतले सम्मान–पत्र, दोसल्ला र पुरस्कार राशी हस्तान्तरण गरेका थिए । पुरस्कारको राशी नगद ६० हजार रुपैंयाँ रहेको छ ।

पुरस्कार ग्रहणपछि कार्यक्रममा बोल्दै लेखक थिङले राज्यले अस्वीकार गरेको तामाङशालिङ भूमीबाट लिम्बुवान भूमीसम्म आएर पुरस्कृत हुन पाउँदा हर्षले बिभोर बताएको बताइन् । उनले अमर नेम्बाङ लिम्बूको ‘मेरै जिन्दगी रहेछ’ सँगै ‘कालो गुराँस’ शीर्षको आफ्नो कविता सुनाइन् ।

अर्का पुरस्कृत स्रष्टा शारदा सुब्बा भने बिशेष कारणवस पुरस्कार वितरण समारोहमा उपस्थित हुन नसकेको आयोजक अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाको जेहेन्दार विद्यार्थीको रुपमा सिद्धदेवी मावि, फाल्गुनन्द–१, नवमीडाँडाका छात्रा मनिषा चेम्जोङलाई नगद दश हजार रुपैंयाँ छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै जिल्लाका बाढीपहिरो तथा आगलागि पीडितलाई पनि राहत प्रदान वितरण गरिएको अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानका अध्यक्ष मुनेन्द्र नेम्बाङले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...