नारी सञ्चार गृहको आयोजनामा दुईदिने खोजमूलक पत्रकारिता तालिम शुरु

 लिम्बुवान न्युज
                       

बिर्तामोड १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ ।
झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले विभेदको शुरुवात जहाँबाट भएको छ त्यहीबाट अन्त्य हुनसक्नेमा जोड दिंदै विभेद प्रारम्भको विन्दु खोज्नुपर्ने धारणा राख्नुभयो ।

राज्यका संरचनाहरुमा महिला सहभागिताको सुनिश्चितता संविधानले नै गरेको उल्लेख गर्दै रिजालले संख्यात्मक सहभागितासंगसंगै गुणात्मकतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु भयो । उचित समयमा सान्दर्भिक विषय उठेको बताउँदै रिजालले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनले मात्र सही निर्णय दिनसक्नेतर्फ सचेत गराउँदै मतदान गर्दा विवेक पुर्याउन आग्रह गर्नुभयो ।

तालिममा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व, सातै प्रदेशका पालिकाहरुमा (निर्णायक ठाउँ)मा महिलाको सहभागिता, निर्वाचन परिणाममा देखिएका केही सवालहरु, तथ्याङ्कमा अब हुने निर्वाचनका विषयमा छलफल भएको थियो । त्यस्तै महिलाहरुलाई अघि बढ्नका लागि सञ्चारको भूमिकाका विषयमा समूहगत रुपमा धारणा सार्वजनिक गर्दै उक्त विषयमाथि छलफल भएको निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, दिपीन राई, विष्णु मैनाली, खगेन्द्र घिमिरे, विजय बराल लगायतले धारणासहित जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमा रेजिना गौतमले प्रकाश पार्नु भएको थियो ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...