धरान १५मा लिम्बुवानको टोल समिति गठन

 लिम्बुवान न्युज
                       

धरान, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ मा टोल समिति गठन भएको छ । शनिबार मञ्चका प्रान्तीय उपमहासचिव भुपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो ।

शनिबार आयोजित टोल गठन कार्यक्रमले राजन इस्बो लिम्बुको अध्यक्षतामा टोल समिति गठन भएको हो । समितिको उपाध्यक्ष अस्मिता सुहाङ लिम्बु, सचिवमा शान्ता वनेम लाबुङ, सहसचिवमा अमृता लाबुङ र अर्थसचिवमा मित्रकुमारी इजम लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा दिल बहादुर नेयङ, लाछिणी शेर्पा, कौशिला साँबा, नरबहादुर कुरुम्बाङ, ललित लिम्ुब मिभक, कृष्ण माया लिम्बु, कल्पना सुहाङ, खड्ग बहादुर तामाङ, गोपाल श्रेष्ठ, कुल बहादुर गुरुङ, विश्व वनेम र गंगा राई रहेका छन् । कार्यक्रममा प्रान्तीय समिति, जिल्ला र नगर समिति नेताहरुको समेत उस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...