जसपा दमक नगरकाे कार्यालय उद्घाट्नकाे अवसरमा रक्तदान कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) दमक नगर समितिले शुक्रबार पार्टी कार्यालय उद्घाटन गरेको छ ।

जसपाका राजनीतिक समिति सदस्य एवम् प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले दमक नगर पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा चाम्लिङसहित जसपा प्रदेश नं १ सदस्य पदमकुमारी राई (लिम्बू), समाजवादी विद्यार्थी युनियनका उप–महासचिव दिनेश दंगाल, ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य कुलबहादुर तामाङ (अनिल), झापा जिल्ला अध्यक्ष मिलन योगी, जसपाबाट निर्वाचित दमक १० का वडा सदस्यद्वय भूमिका आचार्य र रेनुका दर्जी, दमक १० का जसपा वडा अध्यक्ष तोर्ण भट्टराईलगायत नेताहरुको सहभागिता रहेको जसपा दमक नगर अध्यक्ष खेम दाहालले जानकारी दिए ।

जसपा क्षेत्र नम्बर ५ (ख) का अध्यक्ष दिपक न्यौपानेले स्वागत गरेको कार्यक्रममा जसपा दमक सचिव सुनिल राईको सञ्चालन रहेको थियो ।

सोही अवसरमा जसपा दमक नगर समितिले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी शिक्षक संघका उप–महासचिव प्रकाश सुवेदीलगायत अधिकांश विद्यार्थीहरुले रक्तदान गरेका समाजवादी विद्यार्थी युनियन दमक क्याम्पस इकाई अध्यक्ष दिपक लिम्बूले बताए ।

दमक रेडक्रस सोसाइटी उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको उपशाखाका रक्त सञ्चार प्रयोगशाला प्रमुख सिद्धार्थ दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...