चुम्लुङले आफ्नो स्थापना दिवसमा पुरस्कार बाड्ने

 लिम्बुवान न्युज
                       

मेयङलुङ, ११ भदौं । किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवसको सुवर्ण अवसरमा विगत वर्षहरुमा झै वितरण गर्दै आइरहेको विभिन्न पुरस्कार तथा छात्रवृत्ति (कुबेर पुर्नवती कन्दङवा स्मृति पुरस्कार) बाहेक अन्य पुरस्कारहरु नियमित रूपमा भाद्र १७ गते वितरण गर्ने जनाएको छ ।

लिम्बू समुदायको हकहितका निम्ति स्थापना भएको यस संस्थाले लिम्बु भाषा, लिपि, साहित्य, संस्कृति, गीत संगीत, समाजसेवा, भुमी अधिकार तथा राजनैतिक अधिकारका निम्ति उल्लेख्य योगदान पु¥याउने लिम्बू व्यक्तित्वहरु तथा शिक्षाको क्षेत्रमा अध्ययनरत उत्कृष्ट, जेहेन्दार विद्यार्थीहरुलाई संमान तथा पुरस्कृत गर्ने शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार कियाचु डम्बर फममाया तेयुङ स्मृती पुरस्कार डेनि इम्समलाई दिने जनाइएको छ । यसैगरी कियाचू इजरायलद्वारा प्रदान गरिन छात्रवृत्ति पुरस्कार स्वरस्वती आबि म्याङ्लुङ ६ की रेनुका आपागाइ र सिंहबाहिनी आवि फेदाप १ की कोपिला लिम्बु दिने वताइएको छ ।

यसरी नै देवि बहादुर आङबुङ स्मृति कोष जेहेन्दार छात्रवृत्ति पुरस्कर त्रिमोहन मावी आठराइ १ रोशन इङनामले पाउने भएका छन् भने सम्झना लिम्बू महेन्द्र मावी आठराइ २ र गंगा प्रसाद सेने सिंहदेवी माबी लालिगुरास ६ लाई याक्थुङ सहयोग कोषद्वारा प्रदान गरिने पुरस्कार दिईने कियाचू तेह्रथुम अध्यक्ष सेसेहाङ चोङबाङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...