याक्थुङहरूकाे भूमि अधिकार सम्बन्धी धरानमा दुई दिने भेला शुरू

,   लिम्बुवान न्युज
                       

धरान, सुनसरी । “उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं ।” भन्ने नाराको साथ भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठक सुरु भएको छ ।
शनिबार सुनसरीको धरानस्थित किराचूको सभाहलमा लिम्बू थरगत सस्था (याक्थुङ सयङ) मूल अभियान समितिको आयोजनामा दुई दिने भेला तथा बैठक सुरु भएको हो ।

२०२५ सालमा भएको छक्क्लिटार भेलामा सहभागी शेर बहादुर इङ्नाम, प्रेमभक्त तुङ्खेवा र ललित बहादुर सोदेम्बाबाट मुन्धुमी बिधिबाट कार्यक्रम उदघाटन गरेका छन् । परम्परागत प्रथाजनिक पुर्खौली भूमिमा नियन्त्रण र व्यवस्थापन सहित स्वशासन, स्वायत्तता र याक्थुङ साम्सद तथा विधान र संविधान बारेमा नन्द कन्दङ्वा र यूएन स्पेशल रापोर्टरको नेपालमा भएको प्राग्यिक भ्रमण बारे जानकारी विषयमा अधिवक्ता शङ्कर लिम्बुले सहजीकरण गरेका छन् ।


वक्ताहरूले लिम्बुवान भूमिबाट किपटको विशेष अधिकार हरण गर्ने रणनीति राज्यले १९९५ देखि नै अपनाएको बताएका छन् । उनीहरूले २०२५ सालमा तेह्रथुमको छकलिटारमा १० लिम्बुवान १७ थुमका लिम्बु अगुवाहरूलाई भेला गरी किपट हरणको विरुद्ध आन्दोलनमा उत्रिएका थिए । ८४ वर्षीय शेरबहादुर इङनामले पृथ्वी नारायण शाहको एकीकरणकै बिच मृत्यु भएपछि प्रतापसिंह शाह राजा भए त्यस बेला सम्म लिम्बुवानमा तसलीपत्र लालमोहर अनुसार किपट व्यवस्थामा नयाँ नियमहरू लागु नभएको बताए । उनले भने ‘प्रतापसिंहको मृत्युपछि राजा भएका रणबहादुर शाहको पाला देखि लिम्बुवान भूमिमा किपट अधिकार खोस्न षडयन्त्र सुरु भएको थियो ।’ किपट व्यवस्थालाई फुटाउन शुभाङगी लालमोहर ‘फोर्न’ पाउने चलन चलाइयो । लालमोहरका लागि ‘सुब्बा’ सहित ६ वटा पद सिर्जना गरियो ।

पूर्व सांसद समेत रहेका इङनामले भने ‘जो सुकैले राज्यलाई जग्गा दिएर लालमोहर पाउने भए, किपटका जग्गाहरू रैकरमा परिणत हुन थालेपछि किपट व्यवस्था कमजोर भई राज्यलाई किपट समाप्त गर्न सहज भएको थियो ।’ ८५ वर्षीय ललितबहादुर सोदेम्बाले भने ‘१९९५ साल देखि नै किपट खतम गर्ने नियत राखिएको थियो ।’ उनकाअनुसार राणा शासनको बेला किपट खतम गरिदैंछ भनी सेनाकै जर्नेलले लिम्बुवानमा किपट जोगाउन सुब्बाहरूबाट पैसा उठाउन लगाएका थिए । उक्त कुरा राणाको दरबारमा पुगेपछि किपट जोगाउने नाममा पैसा उठाएको आरोपमा शेरबहादुर लावती र काजीमान सुब्बालाई पक्राउ गरेर ल्याउन भाग्न खोजे टाउको लिएर आउने उर्दी जारी भएको उनले बताए । उनका अनुसार २०२५ सालको छकलीटर भेलाले किपट कायम गर्न डेलिगेसन जाने निर्णय गरेको थियो । लगत्तै राज्यले भेलामा सहभागी केहीलाई पक्राउ गरेको, अडान लिन नसकेको बताउँदै भने ‘त्यस बेला लिम्बुहरू लोभ लालचमा फसेकाले किपटको अधिकार बचाउन सकिएन ।’ कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाले भेलाको सफलताको शुभकामना दिएका थिए ।

भोलि (मङ्सिर २४) सम्म भेला जारी रहनेछ । भेलामा १३५ भन्दा धेरै लिम्बु याक्थुङ थरगत सयहरू सहभागी भएकाे सहजकर्ता राम मादेनले बताए ।

उक्त भेला तथा बैठकबाट याक्थुङ सयङ र सहजीकरण समूहको पुनर्गठन, प्रदेश कोशी नाम खारेजी आन्दोलनमा सहभागिता, प्रतिज्ञा घोषणापत्र लगायत विषयमा छलफल हुने कार्यक्रम रहेको कार्यक्रम संयाेजक नन्द कन्दवाले जनाएका छन् ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;