मुक्कुमलुङमा दोस्रो दिन १०औं हजार विरुवा रोपियो : संरक्षण र केवलकार खारेजीको माग गर्दै कोणसभा

,   लिम्बुवान न्युज
                       


दमक, ३२ जेठ । ताप्लेजुङ जिल्ला पाथीभरायाङवक गाउँपालिकास्थित मुक्कुमलुङमा दोस्रो दिन १० हजार भन्दा धेरै विरुवा रोपिएको छ । पहिलो दिन ६ हजार विरुवा रोपिएको थियो । मुक्कुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण गर्ने लक्ष्यका साथ अभियान सुरु भएको हो । अभियान असार १५ गतेसम्म निरन्तर रहने समेत जनाएको छ ।
मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा आयोजित दुई दिने कार्यक्रममा गुरासका प्रजाती, धुपी, चिमल, रौट साल, चाप लगायत विभिन्न प्रजातीका विरुवा रोपिएको समितिले जनाएको छ । विहिबार र शुक्रबारका दिन साढे चारसय भन्दा धेरै अभियानकर्मीहरुको उपस्थितिमा सो बराबरको बिरुवा रोपिएको हो ।
वृक्षारोपणका लागि आवश्यक पर्ने विरुवाहरु ताप्लेजुङनर्सरी जिल्ला स्थित रहेको सामुदायिक वनमा रहेका नर्सरीर्फाम, वन कार्यालय अन्तरगत रहेका नर्सरी र्फमहरु र बाहिरी जिल्ला पान्थर, इलामबाटसमेत विरुवा खरिद गरेर मुक्कुमलुङ क्षेत्रमा वृक्षारोपणको अभियान थलेको खारेजी संयुक्त संघरष समितिका संहसंयोजक डम्वर पालुङवाले बताए ।

मुक्कुमलुङमा केवलकार निर्माणका लागि निर्माण पक्षले लामो समय देखि आन्दोलन गर्दै आएका स्थानीय सरोकारवाला अधिकारवालाहरुको मागलाई बेवस्ता गर्दै गत वैशाख ३१ गते बिहान ३ः०० बजे रातीको समयमा स्थानीय आन्दोलनकारीलाई छलेर राष्ट्रिय फुल लालीगुराँस लगायत विभिन्न प्रजातीका हजारौं रुखहरु कटान गरेको थियो ।
सोही कटान गरेको ठाउँमा २० हजार बिरुवा संघर्ष समितिको आयोजनामा विभिन्न समाजिक संघ, संस्थाको पहलमा बृक्षारोपण गरिएको संघर्ष समितिका संयोजक श्री लिमखिमले बताएका छन् ।
कटान गरिएको क्षेत्रहरुमा वृक्षारोपण अभियान कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघिय अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो, किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राई, किरात धर्म साहित्य उत्थान संघका रामभक्त कुरुम्बाङ, मुक्कुमलुङ ताङसेप चुम्भोका अभियन्ता राम मादेन, पहिचानवादी अभियन्ता डाक्टर महेन्द्र लावती, पूर्व मन्त्री गोपाल किराती, नाउपा सहमहासचिव पदम अधिकारी, मञ्चका अध्यक्ष कुमार लिङदेन, भाषा बिद, खोजकर्ता, लेखक दिलेन्द्र कुरुम्वाङ, युमा साम्यो महासभाका अध्यक्ष देबेन्द्र वनेम, जसपा, नेपाल र जसपाका नेताहरु, जनमुक्ति, लिम्बु विद्यार्थी मञ्च लगायत विभिन्न संगठनका प्रतिनिधि सहित बुद्विजिवी तथा सामाजिक अभियन्ताहरुको बाक्लो उपस्तिथिमा बृक्षारोपण गरिएको हो ।

मुक्कुमलुङ संरक्षण र केवलकार खारेजीको माग गर्दै कोणसभा

मुक्कुमलुङ संरक्षण र केवलकार खारेजीको लागि मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा २ दिने यक्वा पुजा र वृक्षरोपण कार्यक्रम आज अन्तिमदिन ठुलोफेदीमा कोणसभा आयोजना गरेको छ । जेठ ३० गते मुक्कुमलुङ देवस्थलमा क्षमा पुजाका लागि यबा साम्बा, पेगि फाङसाम, सेवा सबाहरुको उपस्थितिमा यक्वा पुजा सम्पन्न गरिसके पछि केवलकार निर्माण गर्न रुख फडानी गरिएको क्षेत्रहरुमा नेतृत्वहरुको हातबाट वृक्षरोपण गरि सुरुवात गरिएको थियो ।

मुक्कुमलुङ क्षेत्रमा केवलकार बनाउने नाममा सृष्टिकालदेखिका बोट बिरुवाहरु पाँच हजार भन्दा बढीको संख्यामा रुख ढालिएका छन् । रुख ढालिएको विरुद्ध संघर्ष समितिले वृक्षरोपण गरेको हो ।
मुक्कुमलुङ संरक्षण समितिले ऐतिहासिक मुन्धुमी स्थल मुक्कुमलुङमा केवलकार निर्माण हुनु नहुने अडानका साथ विगत लामो समयदेखि आन्दोलन गरिरहेको छ ।
कोणसभा कार्यक्रमलाई विभिन्न संघसंस्था तथा राजनैतिक दलका नेतृत्वहरुले सम्बोधन गरेका छन् । बोल्नेक्रममा वक्ताहरुले मुक्कुमलुङको संरक्षणमा सबै एकीकृत हुनुपर्नेमा जोड दिएका थिए । मुक्कुमलुङ लिम्बू जातिको मुन्धुमी आस्थासंग जोडिएको पवित्र स्थल हो । यसै क्रममा पवित्र मुन्धुमी स्थलहरु त्यहाँका समुदायको आस्था, गरिमा र गौरव भएको कारण केवलकार निर्माण गरेर कुनै कम्पनीले अपवित्र बनाउने दुष्प्रयास नगर्न वक्ताहरूले चेतावनी दिएका छन् ।
पुर्व पर्यटन तथा संस्कृति मन्त्री गोपाल किराँती, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिं थेगिम, किरात याक्थुङ चुम्लुङ केन्द्रिय अध्यक्ष प्रेम येक्तेन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङदेन मिराक, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव पदम अधिकारी, पहिचानवादी मोर्चा संयोजक महेन्द्र लावती, किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली, तेस्रो जनआन्दोलन समितिका सचिव कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ती तुम्बापो, स्थानीय नेता असिम पालुङवा, संघीय लिम्बुवान प्रान्तीय सचिव रिता मादेन, दास माया लिम्बू त्यसैगरी केवलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लगायतले कोणसभामा सम्बोधन गरेका थिए ।

तस्वीरः विभिन्न सामाजि संजालबाट साभार

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;