शिक्षक आन्दोलन २७औं दिनमा प्रवेशः सरकारले अझै गरेन मागको सम्बोधन

 लिम्बुवान न्युज
                       


ललितपुर, १५ वैशाख । नेपाल शिक्षक महासंघले आयोजना गरेको अनिश्चितकालिन शिक्षक आन्दोलन आज २७औं दिनमा प्रवेश गरेको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।
२५औ. दिनसम्म शान्तिपूर्ण भईरहेको प्रदर्शन २६औं दिनमा भने शिक्षक र प्रहरीबीच केहीबेर झडप भएको थियो । झडपमा पचासौं शिक्षकहरु घाइते भएका थिए ।

आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको छ । विभिन्न प्लेकार्ड, नाराबाजी र सांस्कृतिक प्रस्तुतिसहित शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् ।
शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले पटकपटक वार्ताको प्रयास गरे पनि असफल हुँदै गएको शिक्षक महासंघका पदाधिकारीहरुले जनाएका छन् ।
पञ्चायतकालीन २०२८ को शिक्षा ऐन खारेज गर्दै विभिन्न चरणमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विभिन्न बुँदागत मागहरु राख्दै देशका ७७ वटै जिल्लाबाट आएका शिक्षकहरु निरन्तर आन्दोलनरत छन् ।
आजैको संसद्मा पनि सांसदहरूले शिक्षकको मागका लागि गम्भीर हुन आग्रह गरेका छन् । त्यस्तै, संसद्मा सार्वजनिक महत्वको प्रस्ताव पनि विपक्षीहरूले दर्ता गराएका छन् । शिक्षकहरुको जायज मागहरुलाई तुरुन्तै सम्बोधन गर्दै संसोधित ऐनहरुलाई चरणवद्ध संसोधन गर्दै शिक्षकहरुलाई विद्यालयमा फर्काउन अनुरोध गर्नुपर्ने जनाएका छन् ।

पूर्व प्रधानमन्त्रीद्दय माधव नेपाल र झलनाथ खनाललाइ कार्यक्रमस्थलबाट फर्काइयाे

आज शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाललाई कार्यक्रमस्थलबाट फर्काइएको स्रोतले जनाएको छ । नेताहरुलाई कार्यक्रममा सहभागि हुन नदिने शिक्षकहरुले अडान राखेपछि उनीहरु कार्यक्रम स्थलमा पुगेर फर्केका छन् । उनीहरूले कार्यक्रममा बाेल्न नपाएपनि हाम्राे यस आन्दोलनमा एक्यबद्धता रहेकाे जनाएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...