पवित्रहाङमा गोल्डकप लागि दारिम्बा र जनता सेभेन भिड्ने

,   लिम्बुवान न्युज
                       

दमक, १ फाल्गुन । पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दारिम्बा क्लब पान्थर र जनता सेभेन क्लब इलामविच प्रतिस्पर्धा हुने भएको छ ।

साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप प्रतियोगिताको फाइलन खेल भोलि फागुन २ गते हुने आयोजकले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई ५–१ गोल अन्तरले पराजित गर्दै जनता सेभेन इलाम फाइनल प्रवेश गरेको हो ।

यसैगरी विहिबारनै सञ्चालन भएको दोस्रो सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरान सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै दारिम्बा क्लव पान्थर फाइनल पुगेको हो ।

प्रतियोगितको विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिता साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा गुरु लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना समारोह तथा आत्मापवित्र खेलकुद समितिको आयोजना रहेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;