आइसीसीबाट आउने १२ महिनाको तलव खेलाडी पाउनेभए

,   लिम्बुवान खबर
                       

काठमाडाैं/नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एक बर्ष अर्थात सन् २०१९ को तलवका लागि आइसीसीले सबै प्रक्रिया पुरा गरेर पठाइसकेको छ । आइसीसीले अगष्ट २८ तारिखमा खेलाडीको तलवको फन्ड रिलिज गर्ने र त्यसका लागि आवश्यक कागजहरु पठाउन भनेपछि क्यानले दुई दिन अगाडी सबै काम सम्पन्न गरेको छ ।

अब यो साताको अन्तिम वा ढिलोमा अर्को साताको मंगलबारसम्म खेलाडीले १२ महिनाको तलव पाउनेछन । नेपाल क्रिकेट संघ अस्तित्वमा आएपछि आइसीसीले क्यानको मार्फत नै २०१९ को तलव पठाउने भएको छ । जसमा यसपटक १२ महिनाको तलव खेलाडीले पाउने छन ।

क्यानले २०१९ को अन्तिममा आइसीसीलाई सबै ग्रेडमा खेलाडीको तलव १० हजार बढाउन आग्रह गरेको थियो । जुन आइसीसीले सहजै स्विकार गरेको थियो । अब खेलाडीले यसअघि पाउँदै आएको तलवमा १० हजार बढि पाउनेछन ।

यसको अर्थ ए श्रेणीमा रहेका खेलाडीले ३५ हजारको सट्टा ४५ हजार पाउनेछन भने बी श्रेणीको खेलाडीले २५ को सट्टा ३५ हजार पाउनेछन । यस्तै सी ग्रेडको खेलाडीले १५ हजारको सट्टा २५ हजार पाउनेछ ।

अब पाउने तलवमा खेलाडीले एक लाख २० हजार रुपैयाँ बढेको तलवमात्र पाउनेछन ।

कुन खेलाडीले कति तलव पाउनेछन ?

२०१९ मा बर्गिकरण गरिएको श्रेणी अनुसार ए मा सात जना खेलाडी थिए । ए श्रेणीमा रहेका खेलाडीले आइसीसीबाट आउने एक बर्षको तलवबाट जनही पाँच लाख ४० हजार रुपैयाँ पाउनेछन ।

त्यो रकम पाउने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी छन ।
यस्तै बी श्रेणीमा रहेका खेलाडीले जनही ४ लाख २० हजार पाउनेछ ।

यो रकम पाउने खेलाडीमा ललित भण्डारी, रोहित पौडेल, करण केसी, ललित राजवंशी, आरिफ शेख, अनिलकुमार शाह छन ।

सी ग्रेडमा रहेका खेलाडीले बढेको तलव अनुसार १२ महिनाको तीन लाख रुपैयाँ पाउनेछन ।

त्यो रकम पाउने खेलाडीमा सागर पुन, सुवास खकुरेल, दिलिप नाथ, सुनील धमला, प्रदिप ऐरी, विनोद भण्डारी सुशन भारी छन ।

लामो समयको पर्खाईपछि खेलाडीले १२ महिनाको तलव पाउने निश्चित भएको छ । तर बाँकी नौ महिनाको तलव क्यानले नयाँ सम्झौता र नयाँ बर्गिकरण गरेर दिने बताएको छ । तर त्यो बर्गिकरणको मोडल तोकेको समितीले क्यानलाई बुझाइसकेको छ ।

तर क्यानको बोर्ड बैठक बस्न नपाएकाले फाइनल हुन सकेको छैन । आगामी बोर्ड बैठकले खेलाडीको नयाँ बर्गिकरण फाइनल गर्ने भएको छ । (साभार)

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;