दमकका दुई अस्पताललाई लाखौंको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान खबर
                       

दमक। झापा दमकका दुई अस्पताललाई एक गैरसकारी संस्थाले रु ४५ लाख बढीको स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ ।
टिएडयु ची फाउन्डेसनले नेपाल सरकारसँगको समन्वयमा दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड-१९ सङ्क्रमित बिरामीको उपचारका लागि विभिन्न स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।

ती स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य मन्त्री भानुभक्त ढकालले हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्रीहरुमा २४०० थान डिस्पोजेबल मास्क, २७० थान फेस मास्क, २८८ थान पिपिई, १००० थान पन्जा, इन्फ्रारेड थर्मामिटर र भेन्टिलेटर इक्युपमेन्ट रहेको छ ।

दमक अस्पतालकी एनेस्थेसिया असिस्टेन्ट देवी दंगालका अनुसार यी सामग्री कोभिड १९ बाट जोगिनका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन् । सरकारी १५ बेडको जिल्ला अस्पतालको मान्यता पाएको दमक अस्पतालमा अहिले विशेषज्ञ सेवाहरू सञ्चालित छन् । दैनिक ४ सय बिरामीले अहिले पनि स्वास्थ्य सेवा लिइरहेको दंगालले बताइन् ।

दमक २ खरखरेमा अवस्थित आम्दा भने सामुदायिक अस्पताल हो । जहाँ दैनिक पाँच सय बढी विरामीहरुले उपचार पाउदै आएका मेडिकल सुपरिटेन्डेट डाक्टर प्रकाश शर्माले बताए ।

कोरोना भाइरस संक्रमणको उपचारमा अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि सुरक्षा अपनाउन उपयोगी हुने अस्पतालले जनाएको छ । हालसम्म दमक अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी संंक्रमित भएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...