मेचीनगरमा ५ दिने क्षमता अभिबृद्धी तथा शसक्तिकरण तालिम शुरु

 लिम्बुवान न्युज
                       

मेचीनगर। झापाको मेचीनगरमा क्षमता अभिमूखिकरण तथा शसक्तिकरण तालिमको उद्घाटन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर वडा नं. १२ ले आयोजना गरेको तालिम ५ दिनसम्म चल्ने बताइएको छ । उक्त कार्यक्रमको आज संचारकर्मी तथा आरजे भूमिका सुब्बाले सहजीकरण गरेकि थिइन् ।

स्थायी शान्तिको लागि जातिय सद्भाव कायम गरौ भन्ने नारा दिईए उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथि मेचीनगर १२ का जनप्रतिनिधि लिला कन्दङ्वा रहनुभएको थियो । विशेष अतिथिहरु स्थानीय वार्डका जनप्रतिनिधि कृष्ण माया बराइली, आदीवासी जनजाति महासंघ समन्वय परिषद मेचीनगरका अध्यक्ष ओम प्रकाश खापुङ, कियाचू मेची १२ का अध्यक्ष नन्दुभाइ मेन्याङ्बो, किरात राई यायोख्खाका अध्यक्ष गुण प्रसाद राई, मगर संघका मित्रपठ थापामगर, राजवंशी अध्यक्ष अमुल्य राजवंशी, तामाङ घेदुङ्का मिना लामा, मेचे सिवियारी संघका प्रतिनिधि पोक्ची देवी मेचे, थारु कल्याणकारीसभाका भोला चौधरी, सुनुवार अध्यक्ष पदम सुनुवार त्यसैगरी बल गुरुङ् तमु प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासंघका मेचीनगर १२ का अध्यक्ष ज्ञान बहादुर गुरुङ्को अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य परिषद सहसचिव मदिना धिमालले गरेकि थिइन् भने संचालन सचिव विनोद मेचेले गरेका थिए ।
कार्यक्रममा मेचीनगर वडा नं. १२ का ५० जना आदिवासी जनजातिहरुको सहभागीता रहेको छ ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...