केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ ।

यासेली योङहाङको शव्द तथा केहेर सिंह लिम्बू र सुमन तामाङको संगीत रहेको पालामको लयमा फ्यूजन गरिएको रोमान्टिक गित ‘भेटै भयो वैसमा’ मिना लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश माङमु लिम्बूको निर्देशन रहेको भिडियोमा यासेली योङहाङ र मिना लिम्बूले अभिनय गरेका छन् । माङमु फिल्म्सको पोष्ट प्रडक्शन रहेको भिडियोमा वर्षौ सम्म प्रेमको बन्धनमा वाँधिएका प्रेमिल जोडीको दुखद वियोगको कथा प्रस्तुत गरिएको छ ।

जवान हुदाँ सुरु भएको प्रेम जीवनको उत्तरार्दमा टुट्दा भोग्नु परेको पिडा प्रस्तुत गरिएको भिडियोमा सुजन श्रेष्ठको छायांकन, मोति सिग्देलको सहयाक छायांकन, याङसाङ मुकारुङको आर्ट, कृष्ण सुवेदीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।

सागर संसारको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गितको रेकर्डिङ माहोल स्टुडियोमा डिजे मेवाहाङले गरका हुन् ।

भिडियो लिङ्क तल हेर्नुहोस:

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;