मङ्गलबार, २८ असोज, २०८२ रातीको ०९:४५ बजे,
लिम्बुवान न्युज
ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ ।
यासेली योङहाङको शव्द तथा केहेर सिंह लिम्बू र सुमन तामाङको संगीत रहेको पालामको लयमा फ्यूजन गरिएको रोमान्टिक गित ‘भेटै भयो वैसमा’ मिना लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दिनेश माङमु लिम्बूको निर्देशन रहेको भिडियोमा यासेली योङहाङ र मिना लिम्बूले अभिनय गरेका छन् । माङमु फिल्म्सको पोष्ट प्रडक्शन रहेको भिडियोमा वर्षौ सम्म प्रेमको बन्धनमा वाँधिएका प्रेमिल जोडीको दुखद वियोगको कथा प्रस्तुत गरिएको छ ।
जवान हुदाँ सुरु भएको प्रेम जीवनको उत्तरार्दमा टुट्दा भोग्नु परेको पिडा प्रस्तुत गरिएको भिडियोमा सुजन श्रेष्ठको छायांकन, मोति सिग्देलको सहयाक छायांकन, याङसाङ मुकारुङको आर्ट, कृष्ण सुवेदीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।
सागर संसारको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गितको रेकर्डिङ माहोल स्टुडियोमा डिजे मेवाहाङले गरका हुन् ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...