नवराज विक सहितका मृतकका आफन्त काठमाडौंमा, आन्दोलन गर्ने चेतावनी

 लिम्बुवान न्युज
                       

काठमाडौं। नौ महिना अघि रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त घटना मानवता विरुद्वको अपराध भएको बताए । उनले भने, ‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानुन बमोजिम दण्ड दिनुपर्छ ।’ उक्त घटना जातीय विभेदले गर्दा घटेको बताए । घटना चानचुने नरहेको उनले बताए । उनले भने, ‘न्याय कहाँ छ ? के यो देशमा न्याय मरेकै हो त? न्यान सबैलाई एक समान हुनुपर्छ भन्दै उनले आक्रोश पोखे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुकुम घटना सभ्यता र लोकतन्त्रमाथि प्रहार भएको बताए । उनले भने, ‘मानवतामाथिको कलङ्क थियो । रुकुमको घटनामा न्याय हुनुपर्छ । यो अदण्डित हुन्छ भने विधिको शासन छैन ।’ अपराध नै नगरी जातीय विभेदका कारण बालकहरुको क्रुरतापूर्वक हत्या गरिएको उनले बताए । उनले भने, ‘रुकुम घटनामा न्याय भएन भने विधिको शासन, लोकतन्त्र र अदालत मर्नेछ । दोषी पुर्पक्षका लागि जेल बस्नै पर्छ ।’

नवराज विकका बावु मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल एक लाख धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो कस्तो न्याय हो ? सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।‘

गोविन्द शाहीकी आमा देवी शाहले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्,‘हामी न्याय पाउन काठमाडौँ आएका हौँ । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौँ ।’ प्रहरी प्रशासनको कमजोरीका कारण शव ढिला पाएको उनले बताइन् ।

सञ्जिव विककी आमा सीता विकले कहाँ छ कानुन भन्दै प्रश्न औँल्याइन् । उनले भनिन्,‘हामी बाहुन क्षेत्री वा अन्य जात भएको भए न्याय पाउने थियौँ । तर, दलित भएको कारण न्याय पाएका छैनौँ । हामीले न्याय पाउँदैनौँ त?’

पिढीतहरुले हत्याकाण्ड भएको यति लामो समय सम्ममा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारको विरोध गर्दै पुनःनिष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

 

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...