नवराज विक सहितका मृतकका आफन्त काठमाडौंमा, आन्दोलन गर्ने चेतावनी

,   लिम्बुवान न्युज
                       

काठमाडौं। नौ महिना अघि रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त घटना मानवता विरुद्वको अपराध भएको बताए । उनले भने, ‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानुन बमोजिम दण्ड दिनुपर्छ ।’ उक्त घटना जातीय विभेदले गर्दा घटेको बताए । घटना चानचुने नरहेको उनले बताए । उनले भने, ‘न्याय कहाँ छ ? के यो देशमा न्याय मरेकै हो त? न्यान सबैलाई एक समान हुनुपर्छ भन्दै उनले आक्रोश पोखे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुकुम घटना सभ्यता र लोकतन्त्रमाथि प्रहार भएको बताए । उनले भने, ‘मानवतामाथिको कलङ्क थियो । रुकुमको घटनामा न्याय हुनुपर्छ । यो अदण्डित हुन्छ भने विधिको शासन छैन ।’ अपराध नै नगरी जातीय विभेदका कारण बालकहरुको क्रुरतापूर्वक हत्या गरिएको उनले बताए । उनले भने, ‘रुकुम घटनामा न्याय भएन भने विधिको शासन, लोकतन्त्र र अदालत मर्नेछ । दोषी पुर्पक्षका लागि जेल बस्नै पर्छ ।’

नवराज विकका बावु मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल एक लाख धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो कस्तो न्याय हो ? सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।‘

गोविन्द शाहीकी आमा देवी शाहले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्,‘हामी न्याय पाउन काठमाडौँ आएका हौँ । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौँ ।’ प्रहरी प्रशासनको कमजोरीका कारण शव ढिला पाएको उनले बताइन् ।

सञ्जिव विककी आमा सीता विकले कहाँ छ कानुन भन्दै प्रश्न औँल्याइन् । उनले भनिन्,‘हामी बाहुन क्षेत्री वा अन्य जात भएको भए न्याय पाउने थियौँ । तर, दलित भएको कारण न्याय पाएका छैनौँ । हामीले न्याय पाउँदैनौँ त?’

पिढीतहरुले हत्याकाण्ड भएको यति लामो समय सम्ममा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारको विरोध गर्दै पुनःनिष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

 

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;