दमक एण्डभान्स हस्पिटलको अध्यक्षमा पुनलः माधव पराजुली

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक ६ मा संचालित एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा माधव पराजुली चुनिएका छन् । अस्पतालको आफ्नै सभाहलमा आज सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय अस्पताल सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना, सचिवमा परशुराम खरेल रहेका छन् भने सदस्यहरूमा डा. अनिल थापा, दीपक खरेल, डा.केपी सुबेदी, ऐश्वर्या तिम्सिना, भूपालराज कटुवाल र नारायण केसी रहेको अस्पतालका प्रशासक चैतन्य बरालले जानकारी दिए ।

यस्तै साधारण सभाले अस्पतालको नयाँ भवन बनाउने तथा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने निर्णय समेत पारित गरेको समितिका निर्वाचित सदस्य दीपक खरेलले बताए । उक्त साधारणसभाबाट नवनिर्वाचित अध्यक्ष पराजुलीले अस्पतालमा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । उनले साधारण सभाले पारित गरेका योजनाहरू अंक्षरस पालना गराउन आफू दत्तचित्त भएर लाग्ने बताए । “अस्पतालले दमक लगायत छिमेकी स्थानीय तहका सेवाग्राहीहरूलाई समयानुकूल सेवाहरू पुरयाँउन सदैव प्रतिवद्ध रहनेछ”–उनले वताए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...