काठमाडौंमा २३ दलीय मोर्चाको विरोध प्रदर्शन

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रतिनिधि संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै २३ दलीय मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेको छ । मोहन वैद्य किरणको नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को नेतृत्वमा विरोध सभा भएको हो ।

प्रधानमन्त्री केपी ओलीले संविधानसभाको मर्म विपरित गरेको असंवैधानिक कदमले देशमा राजनीतिक द्वन्द्व सिर्जना भएको आन्दोलनकारीहरुले बताएका छन् । देशमा स्थायी शान्ति र अमनचयन कायम गर्न जनताले दिएको दुई तिहाई बहुमतको दम्भले यतिबेला सत्तारुढ नेकपा दुई टुक्रा भएको छ ।

यस मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्ध माइतीघर मण्डला देखि नारावाजी गर्दै नयाँ बानेश्वर पुगेकोको थियो । मोर्चाका नेताहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ समेत भनेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;