दमक नगरपालिकामा कांग्रेसको चार सुत्रीय शैक्षिक माग पेश

 लिम्बुवान न्युज
                       

दमक। दमक क्षेत्रका सामुदायिक बिद्यालयहरुमा देखिएका समस्याको बारेमा मंगलवार नेपाली काङ्ग्रेस दमक नगर समितिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
लामो समयदेखि दमकको शैक्षिक क्षेत्र अस्तव्यस्त रहेको छ तर स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको ठहर रहेको हुँदा चार सुत्रीय शैक्षिक मागपत्र बुझाईएको पार्टीका दमक नगर शिक्षा विभाग प्रमुख पर्शुराम रिजालले वताएका छन् ।

काङ्ग्रेस महासमिति सदस्य शेर बहादुर भट्टराई, क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, जिल्ला सह–सचिव राजेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि घनेन्द्रराज योङया, नगरसभापति रोशन बिष्ट सहितको प्रतिनिधि मण्डलले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिना, शिक्षाशाखा प्रमुख दिनेश न्यौपानेलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

पार्टीका नगर सभापति रोशन विष्टद्धारा हस्ताक्षरित मागपत्रमा तीन सदस्यीय अभिभावक विहीन काम चलाउ विद्यालय व्यवस्थापन समिति आजको मितिदेखि खारेज गरि ७ दिन भित्रमा विद्यालय व्यवस्थापन समिति गठन प्रकृया शुरु गर्नुपर्ने, राज्यले निःशुल्क भनी घोषणा गरेको माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपले निःशुल्क गर्नुपर्ने उल्लेख छ ।

यस्तै, पूर्व प्राथमिक तथा बाल कक्षाका शिक्षकहरु र विद्यालयका कर्मचारीहरुलाई तह अनुसार नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने व्यवस्था गर्न तथा प्रमाणपत्रको नाममा विद्यालयहरुले लिदै आएको तिर्न नसक्ने गरि लगाएको शुल्क लिन तुरुन्त बन्द गर्न समेत माग गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...