दमक जेसीज अध्यक्षमा पक्कापक्की हुँदै निरज आचार्य

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजमा युवा व्यवसायी निरज आचार्य अध्यक्षमा निर्वाचित हुने पक्कापक्की जस्तै भएका छन् । दमक जेसीजको विभिन्न पदहरुमा रहेर सफल नेतृत्व गरिसकेका अघिल्लो बर्षको चुनावमा अध्यक्षको प्रत्यासी समेत रहेका आचार्य यो बर्ष आफू अध्यक्ष बन्नेमा ढुक्क छन् ।

सन् २०१० मा दमक जेसीजले सम्पन्न गरेको राष्ट्रिय महाधिवेशनबाट जेसीजमा प्रवेश गरेका आचार्यले सन् २०१६ मा भि.पि. त्यसैगरी सन् २०१८ मा इ.भि.पि., जनसम्पर्क अधिकारी र प्रकरण निर्देशक जस्तो पदहरुमा रहेर दमक जेसीजमा सफल नेतृत्व गरिसकेका छन् । असल, निष्ठावान आफूलाई दिईएको जिम्मेवारी सफलतापूर्ण सम्पन्न गर्ने, बौद्धिक क्षमता भएका दमकका उदयमान व्यवसायी आचार्यको दमक जेसीजमा यो बर्ष अध्यक्ष पक्कापक्की नै हुने दावी गर्छन् ।

केही दिन देखि दमक जेसीजको अध्यक्षमा सर्वसम्मत गर्ने पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको प्रयास भईरहेको वताइएको छ । तर हालसम्म टुंगो लागेको छैन । अध्यक्षमा आचार्य संगै सुयोग खरेलको पनि बजारमा चर्चा चलेको छ ।

विगत जस्तो यो बर्ष दमक जेसीजले गतिविधि गर्न नसकेको आवाज बजारमा गुन्जिरहेको बेला आफू अध्यक्षमा निर्वाचित भए दमक जेसीजमा थप महत्वपूर्ण कार्यहरु गर्ने अध्यक्ष प्रत्यासी आचार्य बताउँछन् ।

जेसीज युवाहरुमा ब्याक्तित्व र नेतृत्व विकाससंगै बौद्धिक क्षमता अभिवृद्धि गराउने र सामाजिक क्रियाकलापमा पनि सक्रिय रहदै आएको संस्था हो ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...