काँकरभिट्टामा प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

  • भूमिका फियाक

काँकरभिट्टा। झापाको काकरभिट्टामा शुक्रबारदेखि प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । मेची ब्याडमिन्टन क्लब काकरभिट्टाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रदेश १ का सबै जिल्लाबाट टिम सहभागि हुने निश्चित भएको हो ।

संयोजक हरि तिम्सिनाका अनुसार पुस २३, २४ र २५ गते काकरभिट्टास्थीत मेची सामुदायिक भवनमा सञ्चालन हुने प्रतियोगितामा ११६ जना खेलाडीहरुको सभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत मेन्स डबल्स र भेट्रान डबल्स इभेन्टहरु सञ्चालन हुनेछन् ।

मेचीनगर नगरपालिका प्रायोजक र नेपाल बहुउद्देशीय सहकारी संस्था सहप्रायोजक रहेको प्रतियोगिताको मेन्स डबल्स तर्फको बिजेता टिमले ५० हजार, दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनेले २० हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक तिम्सिनाले जानकारी दिए ।

त्यस्तै भेट्रान तर्फको बिजेता टिमले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख ५० हजार रकम खर्च हुने र मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार काकरभिट्टा स्थीत मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गर्ने छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...