कैलाली बरबट्टामा संघीय मञ्चको ३ संगठन उदय

 लिम्बुवान न्युज
                       

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतकाे गैरभौगोलिक प्रान्त संघीय दलित शिल्पी मञ्चमा प्रवेशको लहर नै चलेको छ । आज दलित शिल्पी मञ्चले बरबट्टा, गोदावारीमा गरेको राजनीतिक अन्तरक्रिया कार्यक्रममा संघीय मञ्चको राजनीतिक एजेण्डा माथि छलफल गर्ने क्रममा ३ समितिहरुको तदर्थ समिति गठन भएको हो ।

संघीय मञ्चको मेचीकाली अभियान स्वरुप कैलालीमा अत्यन्तै राम्रो संगठन निर्माण समेत भईरहेको मञ्चले जनाएको छ । विशेषत मञ्चको १०+१ प्रान्तीय मञ्चको अवधारणामा गैरभौगोलिक प्रान्त दलित शिल्पी मञ्चमा दलितहरुले चासो देखाउन थालेको मञ्चको पछिल्लो विश्लेषण रहेको छ ।

दलित शिल्पी मञ्चकी महासचिव शर्मिला वागचन्दले दलितहरु माथिको विभेद अन्त्यको निमित्त मञ्चले बनाएको राजनीतिक एजेण्डामा दलितहरु सहमत भएको हुँदा मञ्चमा आकर्षण बढेको बताइन् ।

आज मञ्चले आयोजना गरेको कार्यक्रममा जय सिंह विकको अध्यक्षतामा संघीय दलित शिल्पी मञ्च, बरवट्टा, गोदावारी तदर्थ समिति गठन भएको छ । उक्त समितिको सचिवमा आकाश नेपाली चयन भएका छन् भने सदस्यहरुमा शंकर सिंह दमाई, सेते बहादुर विक, मोहन परियार, निलेश परियार, राजेश देवकर, देव दमाई, मुकेश परियार, राजेश परियार, विनोद परियार, सागर देवकर, इन्द्र बहादुर विक, महेश परियार, विमल नेपाली, डवल नेपाली, सन्तोषी पाँचकोटी, राजेश विक र घनश्याम विक रहेका छन् ।

यसरी नै सोही कार्यक्रममा संघीय दलित शिल्पी महिला मञ्चको इन्दिरा सेन भुरुङ्गेलीकोे संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । समितको सचिवमा रेनुका गहतराज चयन भएकी छन् भने सदस्यहरुमा रेखा नेपाली, शिला परियार, शान्ता नेपाली, मन नेपाली, लक्ष्मी नेपाली, फरिस्ता नेपाली, प्रिया परियार, काजल परियार, मनिषा लोहार, सुजता बि.क., तारा नेपाली, रुपा नेपाली, बिनिता नेपाली, शर्मिला नेपाली र सुनिता बिक छन् ।

कार्यक्रममा संघीय विद्यार्थी यनियनको गोदावारी तदर्थ समिति बिनोद नेपालीको संयोजकत्वमा गठन भएको छ । समितिको सदस्यहरुमा राजकुमार परियार, सागर नेपाली, मनिसा नेपाली, विन्दु नेपाली, एकेन्द्र नेपाली, उर्मिला नेपाली, आरती नेपाली, मनोज नेपाली, छत्र साउद, सम्झना नेपाली, झर्ना नेपाली, रेखा नेपाली, अक्षेता नेपाली, हिमाल नेपाली, रवि आहुजी, राहूल परिवार, फरिस्ता नेपाली, नविन नेपाली, पवन नेपाली, रोशन नेपाली, पारश नेपाली, मनोज नेपाली र कल्पना नेपाली चयन भएका छन् ।

संघीय मञ्चको मेचीकाली अभियान अन्तर्गत यतिबेला पश्चिममा कार्यक्रमहरु भईरहेको मञ्चको सचिवालयले जनाएको छ । मञ्चले हालैमात्र प्रकाशन गरेको मञ्चको दस्तावेज ‘राजनीतिक एजेण्डा’ लाई गाउँगाउँ पुर्याउने लक्ष्यका साथ मञ्च सो अभियानमा निस्किएको मञ्चका अर्थ संयोजक विष्णु यक्सो बताउँछन् ।

यतिबेला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध नेकपा प्रचण्ड र माधव पक्ष, प्रतिपक्षी नेपाली कांग्रेस र अर्को ठूलो दल जनता समाजवादी पार्टी राष्ट्रिय व्यापी आन्दोलन हाक्न सडकमा उत्रिएको छ भने सानो दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मेचीकाली अभियान बोकेर पश्चिममा पहिचानको राजनीति मलजल गरिरहेको देखिन्छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;