चर्चित लिम्बु गायिका मनु नेम्बाङ् अस्वस्थ्य

 लिम्बुवान न्युज
                       

काठमाण्डौँ। सुमधुर स्वरकी धनी विशेष गरेर लिम्बु गायिकाको रुपमा स्थापित मनु नेम्बाङ्को श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ । लामो समय बेलायतको बसोबासपछि नेपाल फर्केका गायिका नेम्बाङ अस्पतालबाट डिस्चार्ज भई घरमा उपचार भइरहेको बताइन् ।

गत २०७६ सालको तिहारमा कार्यक्रमको लागि बेलायत पुगेको गायिका नेम्बाङ लकडाउनको कारण लामो समय बेलायतमै रहदा हावापानी नमिलेको कारण खोकी लाग्दै आएपनि उचित उपचार नहुँदा फोक्सोमा संक्रमण अर्थात इन्फेक्सन् भइ गम्भीर समस्या देखिएको उपचारमा संलग्न डा.आषिश श्रेष्ठले बताएका छन् ।

छाती दुख्ने समस्य बढ्दै गएपछि जाँचको क्रममा फोक्सोमा समस्या देखिएको गायिका नेम्बाङले बताइन् ।
चेकजाँचको लागि पाटन अस्पतालमा भर्ना भएपनि श्वासप्रश्वासमा खराबी आएपछि स्वास्थ्य चिन्ताजनक अवस्थामा रहेकोले आपतकालिन उपचारको लागि सुमेरु अस्पताल पुल्चोकमा भर्ना गरिएको थियो ।

काभिड १९ महामारीको कारण अस्पतालमा बस्न असहज महसुस भएको साथै अहिले स्वास्थ्य सुधारन्मुख हुँदै आएपछि चिकित्सकको निगरानीमा हाल गायिका नेम्बाङको आफ्नै निबासमा उपचार भइरहेको बताइएको छ ।

चिकित्सकले उनलाई केही समयको लागि कोही कसैसँग भेटघाट तथा बोलचाल नगर्न समेत सुझाव दिएका छन् ।
फोक्सोमा परेको संक्रमण र औषधीको असरले निकै सिथिल बनाएको गायिका नेम्बाङले बताइन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...