चर्चित लिम्बु गायिका मनु नेम्बाङ् अस्वस्थ्य

,   लिम्बुवान न्युज
                       

काठमाण्डौँ। सुमधुर स्वरकी धनी विशेष गरेर लिम्बु गायिकाको रुपमा स्थापित मनु नेम्बाङ्को श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ । लामो समय बेलायतको बसोबासपछि नेपाल फर्केका गायिका नेम्बाङ अस्पतालबाट डिस्चार्ज भई घरमा उपचार भइरहेको बताइन् ।

गत २०७६ सालको तिहारमा कार्यक्रमको लागि बेलायत पुगेको गायिका नेम्बाङ लकडाउनको कारण लामो समय बेलायतमै रहदा हावापानी नमिलेको कारण खोकी लाग्दै आएपनि उचित उपचार नहुँदा फोक्सोमा संक्रमण अर्थात इन्फेक्सन् भइ गम्भीर समस्या देखिएको उपचारमा संलग्न डा.आषिश श्रेष्ठले बताएका छन् ।

छाती दुख्ने समस्य बढ्दै गएपछि जाँचको क्रममा फोक्सोमा समस्या देखिएको गायिका नेम्बाङले बताइन् ।
चेकजाँचको लागि पाटन अस्पतालमा भर्ना भएपनि श्वासप्रश्वासमा खराबी आएपछि स्वास्थ्य चिन्ताजनक अवस्थामा रहेकोले आपतकालिन उपचारको लागि सुमेरु अस्पताल पुल्चोकमा भर्ना गरिएको थियो ।

काभिड १९ महामारीको कारण अस्पतालमा बस्न असहज महसुस भएको साथै अहिले स्वास्थ्य सुधारन्मुख हुँदै आएपछि चिकित्सकको निगरानीमा हाल गायिका नेम्बाङको आफ्नै निबासमा उपचार भइरहेको बताइएको छ ।

चिकित्सकले उनलाई केही समयको लागि कोही कसैसँग भेटघाट तथा बोलचाल नगर्न समेत सुझाव दिएका छन् ।
फोक्सोमा परेको संक्रमण र औषधीको असरले निकै सिथिल बनाएको गायिका नेम्बाङले बताइन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;