चुलाचुली १ मा चासोक मनाइयो

,   लिम्बुवान न्युज
                       

चुलाचुली।इलामको चुलाचुली १ मा किरात याक्थुङ् चुम्लुङ् वार्ड अन्तर्गत चासाेक समितिकाे आयोजनामा चासोक तङ्नाम कार्यक्रमको आयोजना गरिएको छ । लिम्बु जातीहरुले मंसिरे पूर्णेलाई उधाैली पुजाको रुपमा चासोक तङ्नाम मान्ने गरेका छन् । यो तङ्नामलाई अन्नवाली भित्राउने पर्व पनि मानिन्छ ।

चुलाचुली गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता र कार्यक्रम संयोजक डेन्सर जवेगुको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन २ का उपविजेता विकास लिम्बु तुम्बापोले सांगीतिक प्रस्तुत दिएका थिए । साथमा जि एम राइको पनि प्रस्तुति रहेको थियो ।

विभिन्न जातीय झाँकीहरु विशेष गरेर लिम्बु जातीको केलाङ् लगायतका सांस्कृतिक कार्यक्रमहरु समेत भएको उक्त कार्यक्रममा साहित्यकारहरुको राम्रै जमघट भएको कार्यक्रम आयोजक समितिका दिपक आङ्देम्बेले बताए ।

मुन्धुम ज्ञाता ज्ञानोदय लावतीको विशेष प्रवचन रहेको उक्त कार्यक्रममा चुलाचुलीका वार्ड जनप्रतिनिधिहरु, अगुवा राजनीति कर्मीहरु, सामाजिक व्यक्तित्वहरु, वार्डका टोल विकास प्रमुख, विभिन्न मन्दिरका प्रमुखहरु लगायतको आतिथ्यता रहेको कार्यक्रममा चुलाचुलीका स्थानीवासीहरुको राम्रो उपस्थिति रहेको थियो ।

कार्यक्रम चुलाचुली १ नम्बर वार्डकार्यपालिकाको प्रायोजनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;