चुलाचुली १ मा चासोक मनाइयो

 लिम्बुवान न्युज
                       

चुलाचुली।इलामको चुलाचुली १ मा किरात याक्थुङ् चुम्लुङ् वार्ड अन्तर्गत चासाेक समितिकाे आयोजनामा चासोक तङ्नाम कार्यक्रमको आयोजना गरिएको छ । लिम्बु जातीहरुले मंसिरे पूर्णेलाई उधाैली पुजाको रुपमा चासोक तङ्नाम मान्ने गरेका छन् । यो तङ्नामलाई अन्नवाली भित्राउने पर्व पनि मानिन्छ ।

चुलाचुली गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता र कार्यक्रम संयोजक डेन्सर जवेगुको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन २ का उपविजेता विकास लिम्बु तुम्बापोले सांगीतिक प्रस्तुत दिएका थिए । साथमा जि एम राइको पनि प्रस्तुति रहेको थियो ।

विभिन्न जातीय झाँकीहरु विशेष गरेर लिम्बु जातीको केलाङ् लगायतका सांस्कृतिक कार्यक्रमहरु समेत भएको उक्त कार्यक्रममा साहित्यकारहरुको राम्रै जमघट भएको कार्यक्रम आयोजक समितिका दिपक आङ्देम्बेले बताए ।

मुन्धुम ज्ञाता ज्ञानोदय लावतीको विशेष प्रवचन रहेको उक्त कार्यक्रममा चुलाचुलीका वार्ड जनप्रतिनिधिहरु, अगुवा राजनीति कर्मीहरु, सामाजिक व्यक्तित्वहरु, वार्डका टोल विकास प्रमुख, विभिन्न मन्दिरका प्रमुखहरु लगायतको आतिथ्यता रहेको कार्यक्रममा चुलाचुलीका स्थानीवासीहरुको राम्रो उपस्थिति रहेको थियो ।

कार्यक्रम चुलाचुली १ नम्बर वार्डकार्यपालिकाको प्रायोजनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;