इलामको माङसेबुङ ३ मा पहिलोपटक सार्वजनकि सुनुवाई

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा ३ कार्यालयले पहिलोपटक सार्वजनकि सुनुवाई गरेको छ ।

वडा कार्यालयले संचालन गरेको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो ।

नागरिक र वडाको बीचमा दोहोरो सम्वाद स्थापित गरी जवाफदेहिताको संस्कार बसाउने र सार्वजनिक सेवा प्रवाह भरपर्दो र गुणस्तरयुक्त बनाउन नागरिकबाट रचनात्मक सुझाव लिने उद्देश्यले शनिबार पहिलो पटक सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष मैतराज राईले वडाले हालसम्म गरेका मुख्यमुख्य विकास निर्माणका कार्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै सहजकर्ता राम योङहाङले सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने सेवाग्राहीको अभिमत ९बहिर्गमन अभिमत०, सेवा लिंदा अनुभव गरेका, भोगेका र देखेका कुराहरूलाई उल्लेख गरी पृष्ठपोषण गर्ने पद्धति ९नागरिक प्रतिवेदन पत्र० अनुसारको प्रतिवेदन र नागरिक वडापत्रको आधारमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा १८ जना वडावासीले वडा अध्यक्षसामू विभिन्न गुनासो, जिज्ञासा र प्रश्नहरु राखेका थिए । उनीहरुले आफ्नो टोलमा सडक निर्माणका लागि बजेट विनियोजन नगरिएको, विद्युत विस्तारमा बजेट विनियोजन नगरिएको, खानेपानी व्यवस्थापनमा ध्यान नदिएको, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुविकास कार्यक्रममा पर्याप्त बजेट विनियोजन नगरिएको, सबै लक्षित वर्गका कार्यक्रम र बजेट कटौती गरिएको, वडा कार्यालयको टुङ्गो नलागेको, योजना छनौट र उपभोक्ता समिति गठन गर्दा आम उपभोक्ताको भेला नगरिएको लगायतका विषयमा दर्जनौ गुनासो, प्रश्न र सुझावहरु राखेका थिए ।

वडा अध्यक्ष राईले नागरिकहरुबाट प्राप्त भएका सुझाव तथा गुनासाहरूलाई ग्रहण गरी अगामी दिनहरूमा यथासम्भव सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

३ नम्बर वडा कार्यालयको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द आवाज मिडिया प्रा।लि। इलामले गरेको थियो । यो कार्यक्रम माङसेबुङ गाउँपालिका र वडाहरुमा पहिलो कार्यक्रम हो । हालसम्मा माङेबुङ गाउँपालिका र अन्य वडाले संचालन गरेको छैन ।

कार्यक्रमको स्वागत र औचित्य वडा सदस्य इन्द्रबहादुर लिम्बू र संचालन बुलन्द आवाज मिडिया प्रालिका प्रतिनिधि अतित योङहाङले गरेका थिए । कार्यक्रममा १ सय ९ जना वडाबासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ १०४.६ मेगाहर्जबाट भएको थियो ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;