घाइते वडाध्यक्ष लावतीलाई कुरुम्बेली समाज सेवाबाट आर्थिक सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

दमक। मोटरसाईकल दुर्घटनामा घाइते भई उपचार गरिरहेका चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पूर्णकुमार लावती (धु्रव) लाई कुरुम्बेली समाज सेवा संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

आज (सोमबार) कुरुम्बाबाट दमकमा बसाईसरी आएकाहरुले स्थापना गरेको कुरुम्बेली समाज सेवा संघको सक्रियतामा १ लाख ५ हजार ५०५ रुपैयाँ रकम घाइते लावतीलाई हस्तान्तरण गरेको हो ।

सोही रकम हस्तान्तरण कार्यक्रममा पापोहाङ् लावती सयङ् यूकेबाट यधुचन्द्र लावतीको सक्रियतामा आएको ६० हजार ७३५ रुपैयाँ समेत घाइते वडाध्यक्षलाई प्रदान गरिएको कुरुम्बेली समाजका अध्यक्ष ऐनमानसिं लावतीले बताए । घाइते वडाध्यक्षलाई सेवा संघको सक्रियतामा आज १ लाख ६६ हजार २४० रकम प्रदान गरिएको सचिव धिरेन सुब्बाले बताउनु भएको छ ।

गत कार्तिक ९ गते साँझ घर जाने क्रममा उनी मोटरसाईकल दुर्घटनामा परेका थिए । विर्तामोडको वि एण्ड सीमा उपचार गराईएको थियो । उनको टाउको पछाडिको नसामा समस्या भई हाल दमकको एक फिजियोथेरापीमा थप उपचार भईरहेको छ । नसाका समस्या कारण उनी सामान्य हिडडुल गर्न सक्दैनन् । उपचारका क्रममा हालसम्म करिब ८ लाख बढी खर्चभईसकेको र थप उपचार गर्न आर्थिक समस्या भएपछि पीडित परिवारले याचना गरिआएका छन् ।

यसैक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चबाट १ मात्र वडाध्यक्ष निर्वाचित लावतीको उपचारमा मञ्चले चासो देखाएको जनाएको छ । हालै दमकमा बसेको मञ्चको बैठकले उपाध्यक्ष देउकुमार निङलेखुको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरेर सहयोग रकम उठाउन शुरु गरेको मञ्चले जनाएको छ । अबको केही दिनमा थप रकम मञ्चले संकलन गरेर घाइते वडाध्यक्षलाई दिने संयोजक निङलेखुले बताए । घाइते लावती लिम्बुवान मञ्चका केन्द्रीय सदस्य समेत हुन् ।

त्यस्तै, साही कार्यक्रममा पक्षघात भई उपचाररत दमक ६ का मानबहादुर लावतीलाई समेत पापोहाङ लाओती सयङ् यूकेबाट प्राप्त भएको रकम ६० हजार ७३५ रुँपैया हस्तान्तरण गरिएको कुरुम्बेली समाज सेवा संघका सचिव धिरेन लावतीले वताए । सहयोग रकम कुरुम्बेली समाज सेवा संघको समन्वयमा हस्तान्तरण गरिएको थियो ।

 

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;