एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

 लिम्बुवान न्युज
                       

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित प्लेडिएफएफ नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।

हिन्दी भर्सनकाे गितकाे एकदेवसँगै राना सोतालको शव्द तथा रजत नागपालको संगीत रहेको छ ।

स्नेहा सेट्टी कोलीले निर्देशन गरेको गितको भिडियोमा कलाकार ऋतविक साहोरे र अभिनेत्री प्रिया वारियरको अभिनय छ ।

गित हिन्दी भाषामै भएपनि ‘झिम झिम’बोलको स्थायीलाई भने नेपाली भाषामै समेटिएको छ । नेहा कक्करले पनि यो स्थायीलाई नेपाली शब्दमै गाएकी छिन् ।

 

गितको भिडियोमा यी दुई कलाकारले यस्ता चरित्रमा अभिनय गरेका छन्, जो विवाह हुँदै गरेको समारोहमा भेटिएका छन् ।

नेपाली र हिन्दी दुवै भाषालाई मिश्रण गरेर तयार पारिएको गितमा एकदेवले हिन्दीमा गाएका छन् भने नेहाले नेपालीमा गाएकी छन् ।

नेहाले गीतको हुकलाइन ‘झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुक्कै भएँ म’ नेपालीमा गाएकी छन् ।

याे समाचार तयार पार्दासम्म याे गितलाइ दुइ दिनमा ६० लाख भन्दा बढीपटक हेरिएकाे छ ।

छ महिनाअघि युट्युबमा रिलिज भएको एकदेवको ‘झिमझिमाउने आँखा’लाई अहिलेसम्म तीन करोड २० लाखपटक हेरिएको छ । यो गीत ग्लोबल ट्रेण्डिङमा समेत परेको थियो । एकदेवका ‘शीरफूल’, ‘आँखामा आउने सपनी’, ‘तिम्रो मुटुमा’ जस्ता गीतहरु चर्चित छन् ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;