लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो।

याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा बन्ने लघु चलचित्र सागर केरुङकाे लेखन तथा निर्देशन गरेका छन् ।

मातृभाषा नजान्नेहरुलाइ पितृलोकमा लिन गर्ने र नगराउनेविचको द्वन्द्वात्मक कथालाई लिएर बनाइएको निर्देशक केरूङले बताए ।

चलचित्रमा छायांकन युवराज राई, सम्पादन पर्शु थलङ, शब्द/संगीत निर्देशक केरुङ, निर्माता नरेन्द्र सुब्बा र स्वर्गीय मिना सुब्बा, शृङ्गार तुलसा लिम्बू, कला अमर तुम्बापोको रहेको छ ।

कलाकारहरू लक्ष्मी योङ्हाङ, नाम्बिन सेर्मा, रत्ना लिङ्देन लावती, पुर्ण सेलिङ, सलमान थलङ, इन्दु तुम्सा, मनु थक्लुङ, मिना लिम्बू, हाङमा थेबे, बिपना आङ्बुहाङ ‘सुहाङमा’, आशा राई नेम्बाङ, नरेश वनेम, याम लिम्बू नेयोङ, सीता राई नेम्बाङ, तिर्थ मादेम्बा, राम तिलिङ, भवानी विक्रम नेम्बाङ, नरेन्द्र सुब्बा लगायतले अभिनय गरेका छन् ।

चोक सयङले ७० वर्ष माथिका अग्रज कलाकारहरूलाई मासिक भत्ता प्रदान गर्ने उद्देश्यले ‘याक्थुङ मुन्चइत अक्षयकोष’ स्थापना गरेको छ। अक्षयकोषलाई बलियो बनाउने हेतुले एकैसाथ एक दर्जन लिम्बू भाषाका लघु चलचित्रहरू प्रदर्शन गरिने र त्यहाँबाट संकलित आम्दानी अक्षयकोषमा लगानी गरिने योजना रहेकाे सयङका अध्यक्ष तथा निर्देशक केरूङले बताए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...