विर्तामोडबाट चोरीका १४ वटा मोटरलाई सहित ७ जना पक्राउ

,   लिम्बुवान न्युज
                       

दमक। तराईबाट मोटरसाइकल चोरी गरेर पूर्वी पहाडसम्म पुरयाउदै बिक्री गर्ने गिरोहलाई पुलिस पक्राउ गर्न सफल भएको छ । झापाको विर्तामोडमा बसेर पहाडसम्म चोरीका मोटरसाइकल पुरयाउने, बेचबिखन गर्ने धन्दामा संलग्न उनीहरुलाई इलामबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माइ नगरपालिका ६ का मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरको वडा २ का क्षिातिज भनिने रोशन तामाङ र वडा ८ का रोशन बुढाथोकी पाँचथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेका इलाका प्रहरी कार्यालय अनारमनीले आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट झापा लगायतका बिभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाकी १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेका जनाएको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउदै आइरहेको खुलेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन । मोटरसाइकल चोरी भएको उजुरी परेपछि पछिल्लो २४ घण्टामा प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्दै उनीहरुलाई पक्राउ गर्न सफल भएको डिएसपी मुकुन्द रिजालले बताए ।

एकै समयमा धेरै वटा मोटरसाइकल हराए पछि प्रहरीले यो घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले गत शनिवार पाँच जनालाई इलामबाट पक्राउ गरि झापा ल्याएको हो अन्य दुई जना झापाबाटै पक्राउ परेको बताइएको छ । पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;