संघीय मञ्चले गरयो निर्वाचन आयोगमा पार्टी नविकरण

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आर्थिक बर्ष ०७६/०७७ को लेखापरिक्षणको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर पार्टी नविकरण गरेको जनाएको छ । पुष मसान्त भित्रमा सबै राजनीति दलले निर्वाचन आयोगमा पार्टी नविकरण गर्न आर्थिक प्रतिवेदन र पार्टीले गरेको गतिविधिहरुको विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्ने प्रावधान रहेको छ ।

मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले हरेक बर्ष निर्वाचन आयोगमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई संस्थागत गर्न नविकरण गर्दै आएको बताएका छन् । २०६४ सालमा निर्वाचन आयोगमा दर्ता भई पहिलो संविधानसभामा २ जना संसद पठाउन सफल पार्टी १४औं दलको हैसियत पाएको पार्टी हो ।

३३ दलीय मोर्चामा सामेल भई दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेको मञ्चले एतिहासिक पहिलो स्थानीय निर्वाचन र प्रतिनिधि तथा प्रदेश निर्वाचनमा भने भाग लिएको थियो ।

निर्वाचन आयोगले थ्रेस होल्डको प्रावधान राखेपछि प्रदेश नं. १ मा थ्रेसहोल्ड कटाउन सफल भई संघीय मञ्चको हाल १ जना प्रदेश सदस्य रहेको छ । यो राजनीति दल नेपालको एक मात्र संघीय ढाँचाको राजनीति दल हो । यो दलले आफ्नो विधान मै १०+१ प्रान्तको खाँका सहितको प्रदेश स्तरीय राजनीति दलको रुपमा चलायमान बनाउन सकिने प्रान्तीय मञ्चको अवधारणा समेत स्पष्ट लेखेको छ ।

संघीय मञ्चले संघीय सामुदायिक समाजवाद, संघीय सह–अस्तित्ववाद र संघीय इको इकोनोमी लगायतको आफ्नो राजनीति दर्शनलाई संस्थागत गर्न हाल मेचीकाली जागरण अभियान समेत गरिरहेको मञ्चका संघीय अध्यक्ष लिङ्देन बताउँछन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;