संघीय मञ्चले गरयो निर्वाचन आयोगमा पार्टी नविकरण

,   लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आर्थिक बर्ष ०७६/०७७ को लेखापरिक्षणको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर पार्टी नविकरण गरेको जनाएको छ । पुष मसान्त भित्रमा सबै राजनीति दलले निर्वाचन आयोगमा पार्टी नविकरण गर्न आर्थिक प्रतिवेदन र पार्टीले गरेको गतिविधिहरुको विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्ने प्रावधान रहेको छ ।

मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले हरेक बर्ष निर्वाचन आयोगमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई संस्थागत गर्न नविकरण गर्दै आएको बताएका छन् । २०६४ सालमा निर्वाचन आयोगमा दर्ता भई पहिलो संविधानसभामा २ जना संसद पठाउन सफल पार्टी १४औं दलको हैसियत पाएको पार्टी हो ।

३३ दलीय मोर्चामा सामेल भई दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेको मञ्चले एतिहासिक पहिलो स्थानीय निर्वाचन र प्रतिनिधि तथा प्रदेश निर्वाचनमा भने भाग लिएको थियो ।

निर्वाचन आयोगले थ्रेस होल्डको प्रावधान राखेपछि प्रदेश नं. १ मा थ्रेसहोल्ड कटाउन सफल भई संघीय मञ्चको हाल १ जना प्रदेश सदस्य रहेको छ । यो राजनीति दल नेपालको एक मात्र संघीय ढाँचाको राजनीति दल हो । यो दलले आफ्नो विधान मै १०+१ प्रान्तको खाँका सहितको प्रदेश स्तरीय राजनीति दलको रुपमा चलायमान बनाउन सकिने प्रान्तीय मञ्चको अवधारणा समेत स्पष्ट लेखेको छ ।

संघीय मञ्चले संघीय सामुदायिक समाजवाद, संघीय सह–अस्तित्ववाद र संघीय इको इकोनोमी लगायतको आफ्नो राजनीति दर्शनलाई संस्थागत गर्न हाल मेचीकाली जागरण अभियान समेत गरिरहेको मञ्चका संघीय अध्यक्ष लिङ्देन बताउँछन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;