माङसेबुङमा ट्याक्सी दुर्घटना हुदाँ ८ जना घाइते, घाइतेहरुको दमक नमस्ते पब्लिक हस्पिटलमा उपचार हुँदै

 लिम्बुवान न्युज
                       

माङसेबुङ। दमक चिसोपानि (फाल्गुनन्द) सडक अन्तर्गत माङसेबुङ ३ चतुरेमा आज बुधवार ट्याक्सी दुर्घटना भएको छ । चतुरे फोमी होटलदेखि ५ सय मिटर दक्षिणमा सो दुर्घटना भएको हो ।

दमक देखि गजुरमुखि जाँदै गरेको को १ ज ३२७४ नम्बरको ट्याक्सी मध्यान्हमा दुर्घटना भएको मान बहादुर बुढाथोकीले बताएका छन् । घाइते हुनेहरुमा ट्याक्सी चालक माङ्सेबुङ–१ का ५२ बर्षीय भक्ति प्रसाद लिम्बु, सोही वडाकि १५ बर्षकी एन्जिना लिम्बु, १७ बर्षकी समीक्षा लिम्बु, वडा नं. ३ की उमेर नखुलेकी सिर्जना लिम्बु, मिक्लाजुङ ४ मोरङकी सुमित्रा राई उनको ५ बर्षकी छोरी सेन्माङ राई र झापा शिवसताक्षीका १३ बर्षकी इक्सा लिम्बु रहेका छन् । घाइतेहरु मध्ये सृजना र सुमित्राको टाउँकोमा चोट लागेको बाँकी सबै सामन्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

अचानक ट्याक्सीमा ब्रेक फेल भई ब्रेक नलागेपछि नियन्त्रणमा लिन नसकेको हुँदा ट्याक्सी पल्टिएको चालक लिम्बुले बताएका छन् । चालक लिम्बुलाइकाे टाउकाेमा चाेट लागेकाे छ । ट्याक्सी पल्टिएको हुँदा पूर्ण क्षति भएको अन्य यात्रुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । उक्त ट्याक्सी माङ्सेबुङ १, इलामका मणिराज थेगिमको रहेको पुष्टि भएको छ ।


ट्याक्सी चालकः भक्ति प्रसाद लिम्बु

घाइतेः सुमित्रा र छाेरी सेन्माङ

 

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...