दमक, माघ ६। लामो समयदेखि हङकङ्मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार तथा मोडल विष्णुकुमार इङनामको “औँठी बैना” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विष्णुकुमार इङनाम युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे उक्त गीतमा गायक दिपक लिम्बु र गायिका मेलिना राईको आवाज रहेको छ । मबिन्द्र राईको संगीत रहेको उक्त गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।
भिडियोमा धिरज लिम्बु, रेस्मा सम्बाहाङ्फे, मौसम इम्बुङ लिम्बु (फु?लन्देको बाउ) र विष्णुकुमार इङनामको उत्कृष्ट अभिनय देख्न सकिन्छ । युगल पोमुले निर्देशन गरेको भिडियोलाई मज्जाको राईले छायाँकन गरेका छन् भन्े अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियोको छायांकन बेलायतमा गरिएको हो ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...