अमेरिकामा आज जोन वाइडेनले राष्ट्रपतिको सफथ लिँदै, डोनाल्ड राष्ट्रपति भवनबाट आज घरफर्कदै

 लिम्बुवान न्युज
                       

एजेन्सी। आज संयुक्त राज्य अमेरिकाको राजधानीमा मध्यान्ह एक समारोहका बीच निर्वाचित राष्ट्रपति जोइ बाइडेनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहबाट बाइडेनले राष्ट्रपतिको पदीय शपथ लिदै ह्वाइट हाउसको यात्रा तय गर्नुहुनेछ ।

संसार कै शक्तिशाली राष्ट्रको प्रमुखले पदभार ग्रहण गर्दा विगतको जस्तो तामझाम नहुने स्रोतले जनाएको छ । सत्ता हस्तान्तरण समारोह आयोजना हुनुभन्दा अघि मात्रै क्यापिटोलमै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि बिगत झैं समारोह सामान्य तवरले समारोह आयोजना नहुने आँकलन हो । सो आक्रमणमा पाँच जना प्रदर्शनकारीको ज्यान गएको थियो ।

राष्ट्रपति निर्वाचित बाइडेनले आफ्नो गृहनगर विल्मिगटनबाट वाशिंगटन डीसीको यात्रा तय गर्दै पदभार ग्रहण गर्नुहुने कार्यक्रममा कोभिड १९ को संक्रमण फैलन सक्ने स्थितिलाई ध्यानमा राखेर सामाजिक दुरीको पालना गर्दै विशिष्ट पाहुना बस्ने कुर्सी मात्र समारोह स्थलमा राखिने जनाइएको छ । तर त्यहाँ उपस्थित अतिथिहरु कोरोना नेगेटिभ भएको हुनुपर्ने र माक्स अनिवार्य लगाउने मापदण्ड समेत तय भएको छ ।

विगतको जस्तो नेशनल मल अगाडि बढी संख्यामा समर्थक हुने छैनन् । यसअघि सन् २००९ मा बराक ओबामाले राष्ट्रपति पदको शपथ लिँदा सो स्थानमा करिब २० लाख समर्थक जम्मा भएका थिए ।

आज राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइटहाउस छोरेर घर्र फर्कदैछन् ।

जाँदाजाँदै हामी जे गर्नका लागि यहाँ आएका थियौं, त्यो ग¥यौं र अरू धेरै पनि ग¥यौं,’ ट्रम्पले भने । उनले अमेरिकी जनतालाई सुरक्षित र समृद्ध राख्न नयाँ प्रशासनलाई सफलता मिलोस् भन्ने कामना गर्दै उनीहरूलाई हाम्रो शुभेच्छा छ र उनीहरूलाई भाग्यले साथ देओस् भनेका छन् ।

ट्रम्पले आफ्नो परिवार, उपराष्ट्रपति माइक पेन्सको परिवार र अन्य कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे ।

‘सबैभन्दा धेरै म अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने,’तपाईंहरूको राष्ट्रपतिका रूपमा काम गर्न पाउनु शब्दमा व्याख्या गर्न नसकिने सम्मान हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्नेबारे आफ्ना समकक्षीहरुसँग छलफल थालेको स्रोतले जनाएको छ ।

अमेरिकी समाचार पत्र द वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै ह्वाइट हाउस छोडेपछि पनि आफ्नो प्रभाव कायम राख्न ट्रम्पले नयाँ पार्टी खोल्ने योजना बनाएको समाचार प्रकाशन गरेको छ ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...