उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

,   लिम्बुवान न्युज
                       


दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो ।

नवगठित प्रदेश समितिको प्रवक्तामा केदार धिमाललाई जिम्मेवारी दिइएको छ । समितिमा प्रदेश १ का १४ वटै जिल्लाहरुबाट प्रतिनिधित्व भएको नयनियुक्त प्रवक्ता धिमालले लिम्बुवान खबरलाई बताएका छन् ।

समितिको सदस्यहरुमा डिल्ली लिङ्दम, भोजकुमार लावती, भगिश्वर लिम्बू, तुलराम तामाङ, नन्द याम्फू, राजकुमार पापो, जीवन राई, रेखबहादुर तामाङ, गंगा राई सेर्मा, शर्मिला आङदेम्बे, कोपिला लावती, बुद्धिमान खोयाहाङ, गंगा दुलाल, सुष्मा राई, कुमार साम्यू, प्रमेश थापा मगर, सिके बेघा, ई. सन्तोष तामाङ, प्रबिण तामाङ, जकेन्द्र लावती, रोशन लावती, हेमराज माङ्मु, राजभक्त योङया मिधुङ, कबिहाङ सेलिङ, मौसम कुरुङ्वाङ, कृतिमान मादेन, भरत गुरुङ, सरोज कङलिबा, डम्बर लावुङ लगायत रहेका छन् ।

यसरी नै प्रदेश सल्लाहकार समितिमा सकुन्तला सुब्बा, भरत श्रेष्ठ, बाङगाई धिमाल, गणेश चेम्जोङ, टिएन सम्बाहाम्फे, खबिन थेवे, गङ्गा साउदेन, लोकबहादुर सिङघक, मोति पालुङ्वा, यलम्बर अगुवा र कालिबहादुर खेवाङ रहेका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अमित थेवेको अध्यक्षतामा धरान उपमहानगर तदर्थ समिति पनि विस्तार गरिएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु ई. तेजनारायण यादव, ई. महेन्द्र थापा, रिमा विश्वकर्मा, डकेन्द्रसिह थेगिम, सरु सिङ्घक र डम्बर लावती (जेन्टल) साथै पहिचानवादी नेताहरु ज्ञान बहादुर गुरुङ, खगेन्द्र माखिम, अमर इजम लगायतका शिर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;