माङ्सेबुङकाे पञ्चमीबजारमा पत्रकारिता तालिम सम्पन्न

,   लिम्बुवान न्युज
                       

माङसेबुङ्, ८ माघ । इलामको माङसेबुङ् ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । माङसेबुङ् वडापालिका ६ को आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि. इलामको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अथिति माङसेबुङ् ६ का वडासदस्य रामचन्द्र राईले प्रशिक्षार्थीहरुलाई शुभकामना दिँदै समाजमा भएको बेथिति, विसङ्गतीको बिरुद्ध लेख्न साथै सधै सत्यतथ्यको पक्षमा कलम चलाउनमा जोड दिए ।

तालिम समापन कार्यक्रममा चिसोपानी माविका शिक्षक सुदिप राईले तालिमलाई व्यवहारिक रूपमा उतार्न र पत्रकारिता पेशा निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए । माङसेबुङ २ का वडासदस्य रमा लिम्बू राईले पत्रकारिताको सिद्धान्तलाई पूर्ण पालना गरेर अघि बढ्न प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गरिन् ।

माङसेबुङ ६ स्थित बाँझो स्वास्थ्य चौकीका प्रमुख दमन्ता धमलाले पनि पत्रकारितामा लाग्न र सत्य तथ्य समाचारहरु लेख्न प्रशिक्षार्थीहरुलाई प्रेरणा दिएकी थिइन् ।

कार्यक्रममा सहभागीहरूको तर्फबाट जगत राईले आफूहरु तालिमले समाचार लेखनमा अघि बढ्न आत्मविश्वास जागेको र आफू लागि पर्ने प्रतिबद्धता समेत रहेको जानकारी गराएका थिए ।

सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि राईले प्रमाण पत्र वितरण गरेका थिए ।

आयोजकले प्रशिक्षकहरुलाई र सहयोगी संघसंस्थाहरूलाई कदर–पत्रले सम्मान गरेको थियो । भने प्रशिक्षार्थीहरूले प्रशिक्षकहरूलाई फूलको माला र मायाको चिनो प्रदान गरेका थिए ।

माघ २ बाट सुरु भएको तालिमले ग्रामिण पत्रकारितालाई उजागर गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजित बजेटबाट तालिम आयोजना गरिएको हरप्रहर मिडियाका कार्यकारी प्रमुख सुसन राईले जानकारी दिए ।

तालिमलाई फोनिज सघंीय सचिव कमन देवान, यलम्बर टाइम्सका प्रकाशक सम्पादक दिपिन राई, रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावती, सञ्चारकर्मी भूमिका फियाक लिम्बूले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता हरप्रहर मिडिया प्रा.लि का अध्यक्ष सुसिल कुमार राईले गरेका थिए भने कार्यक्रम संचालन संचारकर्मी भूमिका फियाकले गरेकि थिइन् ।

तस्वीरः भूमिका फियाकबाट

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;