होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य

 लिम्बुवान न्युज
                       

दमक। होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य चयन भएका छन् । शुक्रबार भएको संघको प्रथम साधारणसभाबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा भक्तवहादुर बस्नेत, सचिवमा राम प्रसाद रिमाल, सहसचिवमा दयाशंकर आचार्य र कोषाध्यक्षमा शम्भुप्रसाद खतिवडा (रमेश) चुनिएका छन् । यस्तै सदस्यहरुमा क्रमशः हिरादेवी उप्रेती, राजेश अग्रवाल, राजकुमार गुप्ता,भरत प्रधान, अर्जुन कार्की र ज्ञाननाथ पौडेल (ज्ञानु) चुनिएका छन् ।

सोहि साधारणसभाले काशी थपलियाको संयोजकत्वमा कृष्ण ओली, राजन कटुवाल, राजकुमार श्रेष्ठ, ज्ञानेन्द्र सुब्बा सदस्य रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित सचिव रामप्रसाद रिमालले वताए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, दमक जेसीजका अध्यक्ष सुयोग खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा दमकका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिका साथै व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

दमकको वजार क्षेत्रका होलसेल व्यवसायीहरुले गत साउन २९ गते स्थापना गरेको सो संघमा अहिले ६० जना बढी आवद्ध भएका छन् । होलसेल व्यवसायीहरुको पेशागत हकहितसंगै आपसी समन्वय गर्ने उद्देश्यले संघ स्थापना गरि काम थालिएको सचिव रिमालले जनाएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;