दमक मै १२ करोडको उद्योग संचालन, कोरियन प्रविधिको फाइवर सिरक डसना बनाइदै

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमक ९ मा १२ करोड बढीको लागतमा फिदर कम्फुटर म्यानुफ्याक्चरर्स प्रालिले एक उद्योग सञ्चालनमा ल्याएका छन । उक्त उद्योग एक बर्ष अघिदेखि तीन सिटौंला दाजुभाई लक्ष्मी प्रसाद सिटौला, नायारण सिटौला र केशव सिटौलाले संचालनमा ल्याएका हुन् ।

दमक मै कोरियन प्रविधि प्रयोग गरी फाइवरको सिरक डसना बनाउने उद्योग खोलेपछि बजारमा त्यस्ता (न्यानो) कपडाको आपूर्ति सहज हुनका साथै ठुलो संख्यामा स्थानीयले रोजगारीको अवसर पाएका छन ।

१५ कठ्ठा जग्गामा स्थापना गरेको सिरक, डसना र कम्बल बनाउने उद्योग प्रदेश नं. १ कै ठुलो भएकोे सञ्चालकहरुको दाबी छ । सिटौला दाजुभाई एकताका अलग–अलग समयमा बैदेशिक रोजगारीका लागि अलग–अलग ठाउँमा गएका थिए । सञ्चालक मध्येका उद्योगी लक्ष्मी प्रसाद सिटौलाका अनुसार एक बर्ष अघिदेखि सञ्चालनमा आएको सो उद्योगले स्थानीय ६०–६५ जनाले रोजगारी दिइरहेको बताए ।

कोरियन प्रविधि मार्फत निर्माण गरिने सिरक, डसना, कम्बल, सिरानी जस्ता अनिवार्य आवश्यकताका बस्तुहरुको बजारमा अभाव र बेरोजगार जनशक्तिलाई हेरेर स्वदेशमै केही गरौं भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको सिटौलाले बताए । उक्त उद्योगमा रोजगारीको अवसर पाउनेमा महिला धेरै छन ।

१२ करोड जति लगानी रहेको उद्योगमा करिब ५ करोड मुल्य बराबरको सामान स्टक रहेको कम्पनीले जनाएको छ ।

उद्योग स्थापनाका लागि कम्पनीका सञ्चालकहरुले २ बर्ष अघिदेखिनै अध्ययन अनुसन्धान गर्दै आएको बताए । सिटौला दाजुभाईलेनै विदेशमा देखे जानेको कुरालाई स्वदेशमा उपयोग गर्ने सोच बनाएर स्थापना गरेको सो उद्योगमा दैनिक ८ सय वटा सिरक, डसना बन्ने गरेका छन् ।

उद्योगमा उत्पादित सिरक, डसना स्थानीय बजारसंगै पश्चीममा कैलाली, दाङ, पोखरा, सुर्खेत लगायतका ठाउँ सम्म पुग्ने गरेको छ । गर्मीको समयमा तयारी गर्छौं, जाडो शुरु भएपछि बजारमा जान्छ– संचालक लक्ष्मीप्रसादले भने ।

आफ्नाे उत्पादनमा गुणस्तरीयताकै कारण उद्योग स्थापनाको एक बर्षमा नै बजारमा ठुलो हिस्सा ओगटन सफल भएको कम्पनीको दावी छ । उद्योगले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको जनाएको छ ।

(तस्वीरः निष्कर्श न्यूजबाट)

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...