बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

,   लिम्बुवान न्युज
                       

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। ‘पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक प्रतिनिधित्व’ भन्ने मूल नाराका साथ महाधिवेशन सञ्चालन हुन लागेको हो।

पार्टीको केन्द्रीय नेतृत्व चयनका साथै भावी राजनीतिक दिशा तय गर्न आयोजना गर्न लागिएको यस महाधिवेशनलाई भव्यताका साथ सफल पार्न व्यापक तयारी भइरहेको आयोजकले जनाएको छ।

नेपाल जनमुक्ति पार्टी, संघीय परिषद्को आयोजनामा हुन लागेको उक्त महाधिवेशनको स्थानीय व्यवस्थापनको जिम्मेवारी नेपाल जनमुक्ति पार्टी, झापा जिल्ला समितिले लिएको छ। पार्टीका उपमहासचिव विष्णु थाम्देनका अनुसार महाधिवेशनमा देशभरका प्रतिनिधि, पर्यवेक्षक तथा शीर्ष नेताहरूको सहभागिता रहनेछ।

देशव्यापी सञ्जाल र पहिचानसहितको संघीयताको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएको पार्टीले यस महाधिवेशनमार्फत आफ्ना नीति, सिद्धान्त र साङ्गठनिक सुदृढीकरणका नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;