बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

 लिम्बुवान न्युज
                       

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। ‘पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक प्रतिनिधित्व’ भन्ने मूल नाराका साथ महाधिवेशन सञ्चालन हुन लागेको हो।

पार्टीको केन्द्रीय नेतृत्व चयनका साथै भावी राजनीतिक दिशा तय गर्न आयोजना गर्न लागिएको यस महाधिवेशनलाई भव्यताका साथ सफल पार्न व्यापक तयारी भइरहेको आयोजकले जनाएको छ।

नेपाल जनमुक्ति पार्टी, संघीय परिषद्को आयोजनामा हुन लागेको उक्त महाधिवेशनको स्थानीय व्यवस्थापनको जिम्मेवारी नेपाल जनमुक्ति पार्टी, झापा जिल्ला समितिले लिएको छ। पार्टीका उपमहासचिव विष्णु थाम्देनका अनुसार महाधिवेशनमा देशभरका प्रतिनिधि, पर्यवेक्षक तथा शीर्ष नेताहरूको सहभागिता रहनेछ।

देशव्यापी सञ्जाल र पहिचानसहितको संघीयताको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएको पार्टीले यस महाधिवेशनमार्फत आफ्ना नीति, सिद्धान्त र साङ्गठनिक सुदृढीकरणका नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

;