दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान र भरपर्दो वाइफाई पहुँच पुर्याउने र क्लाउडमार्फत सञ्जाल व्यवस्थापन गर्न सकिने गरी यो सेवा तयार पारिएको कम्पनीले जनाएको छ।
व्यवसाय सञ्चालकहरूसँगको प्रत्यक्ष छलफल तथा विभिन्न चरणको क्षेत्रगत परीक्षण (फिल्ड टेस्ट) पश्चात् यो सेवा विकास गरिएको हो।
नेपालमा धेरैजसो साना तथा मध्यम व्यवसायहरू अझै पनि घरायसी (रेसिडेन्सियल) इन्टरनेटमै निर्भर रहेकाले व्यावसायिक परिसरमा वाइफाई नपुग्ने, आन्तरिक गतिविधिबारे जानकारी नहुने र महत्त्वपूर्ण समयमा इन्टरनेट अवरुद्ध हुने जस्ता समस्या देखिने गरेका छन्। वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार यिनै चुनौतीहरूको दिगो समाधानका लागि ‘बिज २४’ ल्याइएको हो, जसले व्यवसायलाई थप भरपर्दो र व्यावसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ।
‘बिज २४’ का मुख्य विशेषता तथा सुविधाहरू:
-
लक्षित क्षेत्र: विशेषगरी क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम मार्ट, स्टुडियो र को-वर्किङ स्पेसजस्ता व्यवसायहरूका लागि यो सेवा उपयोगी हुनेछ।
-
आवश्यकता अनुसार सञ्जाल विस्तार: व्यावसायिक परिसरको क्षेत्रफल र भौतिक संरचना अनुसार वाइफाई सञ्जालको योजना र सुझाव दिइनेछ। एउटै राउटरमा मात्र निर्भर नभई आवश्यकता अनुसार थप उपकरण जोडेर पहुँच विस्तार गर्न सकिनेछ।
-
प्याकेज र क्षमता: यस अन्तर्गत ‘राइज’ (Rise), ‘ग्रो’ (Grow) र ‘प्रो’ (Pro) गरी तीन तहका प्याकेज उपलब्ध छन्। जसमा २०० एमबीपीएस (Mbps) देखि १ जीबीपीएस (Gbps) सम्मको गति पाउन सकिन्छ।
-
अतिरिक्त सुविधाहरू: सबै प्याकेजमा व्यावसायिक स्तरको राउटर, सार्वजनिक स्टाटिक आईपी (Static IP) र प्राथमिकतामा आधारित सपोर्ट (Priority Support) समावेश गरिएको छ।
-
प्राथमिकता सहयोग (सपोर्ट): सेवामा समस्या आएमा बिज २४ का ग्राहकहरूले ०१-५९७००४० मा सम्पर्क गरी प्राथमिकताका आधारमा तत्काल प्राविधिक सहायता प्राप्त गर्न सक्नेछन्।
वार्षिक ३० हजार रुपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) बाट सुरु हुने यो सेवा देशभरका नयाँ तथा पुराना (नवीकरण गर्ने) दुवै ग्राहकका लागि उपलब्ध गराइएको वर्ल्डलिंकले जनाएको छ।