दमक उद्योग वाणिज्य संघको २९औं साधारणसभा माघ २३ गते

 लिम्बुवान न्युज
                       

दमक, माघ १४। दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारणसभा हुने भएको छ । हरेक बर्ष ६ भाद्रमा हुँदै आएको संघको बार्षिक साधारण सभा यस बर्ष भने कोरोना महामारीका कारण पाँच महिना ढिलो गरि माघ २३ गते हुन लागेको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार संघको साधारण सभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँको संयोजकत्वमा पाँच सदस्यीय साधारण सभा तयारी उपसमितिले साधारण सभाको तयारी गरिरहेको बताए ।

उक्त उप–समितिमा सदस्यहरु रुवल अधिकारी, नविन अग्रवाल, सुस्मा निरौला र दिनेश सुवेदी सदस्य रहेका छन ।

साधारण सभामा संघका बार्षिक गतिबिधिहरु तथा प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वबाट सो साधारण सभाका उदघाटन गरिने जनाइएको छ । साधारण सभामा १ हजार ४ सय १८ जना सदस्यहरु सहभागी हुन योग्य भएका संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए ।

विष्टका अनुसार गत आर्थिक बर्ष २०७६÷०७७ मा १ हजार १ सय ४५ सदस्यहरुको नविकरण भएको छ भने सो अवधिमा २७३ वटा नयाँ फर्म दर्ता भएको छन् ।

 

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...