दमक उद्योग वाणिज्य संघको २९औं साधारणसभा माघ २३ गते

,   लिम्बुवान न्युज
                       

दमक, माघ १४। दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारणसभा हुने भएको छ । हरेक बर्ष ६ भाद्रमा हुँदै आएको संघको बार्षिक साधारण सभा यस बर्ष भने कोरोना महामारीका कारण पाँच महिना ढिलो गरि माघ २३ गते हुन लागेको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार संघको साधारण सभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँको संयोजकत्वमा पाँच सदस्यीय साधारण सभा तयारी उपसमितिले साधारण सभाको तयारी गरिरहेको बताए ।

उक्त उप–समितिमा सदस्यहरु रुवल अधिकारी, नविन अग्रवाल, सुस्मा निरौला र दिनेश सुवेदी सदस्य रहेका छन ।

साधारण सभामा संघका बार्षिक गतिबिधिहरु तथा प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वबाट सो साधारण सभाका उदघाटन गरिने जनाइएको छ । साधारण सभामा १ हजार ४ सय १८ जना सदस्यहरु सहभागी हुन योग्य भएका संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए ।

विष्टका अनुसार गत आर्थिक बर्ष २०७६÷०७७ मा १ हजार १ सय ४५ सदस्यहरुको नविकरण भएको छ भने सो अवधिमा २७३ वटा नयाँ फर्म दर्ता भएको छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;