१० लाखसँगै त्रिभुवन आर्मीले चौथो प्रधानमन्त्री कप उचाल्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं, माघ १७। त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले प्रथम पटक उपाधि हात पारेको हो । विजेता आर्मीले १० लाख र उपविजेता एपिएफले ५ लाखमा चित्त बुझाएका छन् । अन्तिममा चार रन जोड्न ४ विकेट गुमाएपछि एपिएफ पराजित हुन पुगेको हो ।

जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । एपिएफका ओपनर आशिफ शेखले ७१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । आशिफको जारी प्रतियोगितामा तेस्रो अर्धशतक हो ।

चौथो ओभरको पहिलो बलमा जितेन्द्र मुखियाले ओपनर सुबास खकुरेललाई १४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सुबासले १५ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा कप्तान शरद भेषावकर कटविहाइन्ड हुँदै गोल्डेन डग आउट हुन पुगे ।

तेस्रो विकेटका लागि आशिफ र शंकर रानाले ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको संकटलाई पार लगाएका थिए । स्पिनर साहब आलमले २० औं ओभरको चौथो बलमा शंकरलाई विनोदबाट २१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । शंकरले ४७ बलमा ३ चौका प्रहार गरे । सुमित महर्जन ४० बलमा १ चौका र १ छक्का सहित १९ रनमा आउट भए ।

३९ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई विक्रम सोबले हरि चौहानबाट २९ रनमा क्याच गराएपछि खेलले नयाँ मोड लिएको थियो । सन्दीपले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्दीप आउट भएसँगै एपिएफले ४ रन जोड्न चार विकेट गुमाएपछि आर्मी च्याम्पियन बनेको हो ।

विक्रम सोबले ९ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखियाले ९ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । साहब आलमले ९.३ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । आर्मीका हरि चौहानले १ सय २ बलमा ६ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए । हरिले ८९ बलमा अर्धशतक पूरा गरेका थिए ।

आर्मीले आश्चर्य पार्दै ओपनिङमा अनिल कुमार मण्डलका साथ स्पिनर सुशन भारीलाई पठाएको थियो । बाँया हाते स्पिनर सुशनले ९ ओभर सम्म अनिलसँग ३२ रनको साझेदारी गरेका थिए । सुशन किशोर महतोको नवौं ओभरको अन्तिम बलमा कट विहान्ड हुँदै विकेटकिपर सुबास खकुरेलबाट १३ रनमा आउट भए । सुशनले ३४ बल खेल्दै एक चौका प्रहार गरे ।

लगत्तै दशौं ओभरको पहिलो बलमा अनिल एज लागेर सेकेन्ड स्लिपमा आशिफ शेखबाट ११ रनमा आउट भएका थिए । अनिलले २१ बलमा १ चौका प्रहार गरे । १८ औं ओभरको पहिलो बलमा भिम सार्की ७ रनमा सुबास क्याच आउट भए । भिमले ३६ बलमा १ चौका प्रहार गरे । स्पिनर भुवन कार्कीको २७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल मिडअनमा अमरसिंह रौउटेलाबाट १३ रनमा क्याच लिए ।

रोहितले ३० बलमा १ छक्का प्रहार गरे । विनोद भण्डारी ७ रनमा एलबिडब्लू आउट भए । तल्लोक्रममा लोकेश बम ९ बलमा २ छक्का सहित १५ रनमा क्याच आउट भए । राजेश पुलामी २९ बलमा २ चौका र १ छक्का सहित २८ रनमा आउट भए । साहब आलमले राम्रो अन्त्य गर्दै १४ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । विक्रम सोब ११ रनमा आउट भए ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवन कार्की, शरद भेषावकर र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

यस अघि आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । सशस्त्रले दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...