आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोद्वारा फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन

 लिम्बुवान न्युज
                       

पथरी, २७ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशन आर्थिक मामिला तथा योजनामन्त्री इम्द्रबहादुर आङ्बो मौसमले उद्घाटन गरेका छन् । मंगलबार मोरङको पथरीस्थित सीन भिलेज पार्टी प्यालेसमा आयोजित खुल्ला सत्रको दिप प्रज्वलन गरेर मन्त्री आङबोले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि आङबोले प्रदेशको नामाकरण र प्रदेश कार्यालयहरुको संरचना निर्माण गर्न हालसम्म जग्गा उपल्ब्ध हुन नसकेकोमा आत्माआलोेचना गर्दै पत्रकारहरुको हकहितको निम्ति प्रदेश सरकार सधै सकरात्मक रहेको बताएका छन् । उनले भने – दुई तिहाईको नेकपा सरकार हुँदा समेत प्रदेश नामाकरण गर्न नसक्नु दुःखद भएको भन्दै अब गठबन्धन सरकारले पहिचानको आधारमा नामाकरण गर्ने प्रयास रहने छ ।

कार्यक्रममा फोनिजका संघीय कार्यसमिति अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, सचिव मिलन लिम्बू, कमन देवान, प्रदेश इन्चार्ज दिपीन राई, विभिन्न पत्रकार जन्य संघ संस्थाका प्रमुख लगातयले महाधिवेन सफलताको शुभकामना दिएका थिए ।

महाधिवेशनका लागि १४ जिल्लाबाट १ सय ५० प्रतिनिधि र पर्यवेक्षक आएको कोषाध्यक्ष सुसन राईले बताए । महाधिवेशनको बन्दसत्रले बुधबार नयाँ कार्यसमिति चयन गर्दै कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराकासाथ बुधबारसम्म संचालन हुने महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रादेशिक समितिमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

महाधिवेशनमा लिम्बु, राई र धिमाल जातीहरुको झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी अग्रज पत्रकारहरुलाई सम्मान एवम् मायाको चिनो समेत प्रदान गरिएको थियो । (तस्वीरः

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...