आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोद्वारा फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन

,   लिम्बुवान न्युज
                       

पथरी, २७ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशन आर्थिक मामिला तथा योजनामन्त्री इम्द्रबहादुर आङ्बो मौसमले उद्घाटन गरेका छन् । मंगलबार मोरङको पथरीस्थित सीन भिलेज पार्टी प्यालेसमा आयोजित खुल्ला सत्रको दिप प्रज्वलन गरेर मन्त्री आङबोले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि आङबोले प्रदेशको नामाकरण र प्रदेश कार्यालयहरुको संरचना निर्माण गर्न हालसम्म जग्गा उपल्ब्ध हुन नसकेकोमा आत्माआलोेचना गर्दै पत्रकारहरुको हकहितको निम्ति प्रदेश सरकार सधै सकरात्मक रहेको बताएका छन् । उनले भने – दुई तिहाईको नेकपा सरकार हुँदा समेत प्रदेश नामाकरण गर्न नसक्नु दुःखद भएको भन्दै अब गठबन्धन सरकारले पहिचानको आधारमा नामाकरण गर्ने प्रयास रहने छ ।

कार्यक्रममा फोनिजका संघीय कार्यसमिति अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, सचिव मिलन लिम्बू, कमन देवान, प्रदेश इन्चार्ज दिपीन राई, विभिन्न पत्रकार जन्य संघ संस्थाका प्रमुख लगातयले महाधिवेन सफलताको शुभकामना दिएका थिए ।

महाधिवेशनका लागि १४ जिल्लाबाट १ सय ५० प्रतिनिधि र पर्यवेक्षक आएको कोषाध्यक्ष सुसन राईले बताए । महाधिवेशनको बन्दसत्रले बुधबार नयाँ कार्यसमिति चयन गर्दै कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराकासाथ बुधबारसम्म संचालन हुने महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रादेशिक समितिमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

महाधिवेशनमा लिम्बु, राई र धिमाल जातीहरुको झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी अग्रज पत्रकारहरुलाई सम्मान एवम् मायाको चिनो समेत प्रदान गरिएको थियो । (तस्वीरः

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;