बुद्धशान्ती ४ मा लिम्बुवान मञ्च गठन, अध्यक्षमा डम्बर पाक्सावा

 लिम्बुवान न्युज
                       

झापा, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको बुद्धशान्ति ४ स्थित वडा समिति गठन भएको छ । बुधबार आयोजित एक कार्यक्रममा डम्बर पाक्सावा लिम्बुको अध्यक्षतामा वडा समिति गठन भएको हो ।

उक्त वडा समिति गठनबाट उपाध्यक्षहरुमा जमुना केदेम, धनपति मिभक, देवेन्द्र सेर्मा, विजय लिम्बु र डिक्यु मावो चयन भएका छन् । यसरी नै सचिवमा रीता फुरुम्बो, सहसचिवमा सुजन लिम्बु र अर्थसचिवमा बविता लिम्बुले जिम्मेवारी पाएका छन् ।

नवगठित वडा कमिति सदस्यहरुमा सन्ध्या लिम्बु, तुलविक्रम तामाङ, प्रतिमा बि.क., पूर्ण दर्जी, फिपराज थलङ र विमल इवारम रहेका छन् ।

कार्यक्रम लिम्बुवान प्रान्तीय सचिव काजीमान ओख्राबोको प्रमुख आतिथ्यता साथै प्रान्तीय सचिव मोहन मावोको विशिष्ट आतिथ्यता रहेको थियो । यसरी नै जिल्लाका नेताहरु प्रदिप राई, सन्तोष मेन्याङ्बो, रवि फत्र, दिलकुमार योङहाङ, किरण गुरुङ, भुपेन्द्र थेवे र महेश कुवर लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कालीखोला टोल समिति गठन

यसरी नै उक्त भेलाले बुद्धशान्ती ४ वडास्थित कालीखोला धुरालाइन जुनेली टोलमा भुपेन्द्र थेवेको अध्यक्षतामा टोल समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा महेश कवर, सचिवमा किरण गुरुङ, सह–सचिवमा जुना राई, अर्थसचिवमा बालकुमारी गुरुङलाई चयन गरिएको छ भने सदस्यहरुमा मनिसा थेवे, राजन कवर, एलिा किसान, पवित्रा कवर, मणिकुमार राई र तारा थेवे रहेका छन् ।

लिम्बुवान भोलेन्टियर्स एलभी फिल्ड कमाण्डर भुपेन्द्र थेवेको कमाण्डमा भोलेन्टियर्स पनि गठन भएको छ । उक्त कमाण्डमा प्राइमरी कमाण्डर किरण गुरुङ, एलभीहरु सुनिल किसान, सविन कवर, सन्जय राई, रविन कवर, विशाल लिम्बु, उज्वल सुवेदी, विमल किसान, अजित कवर र सुमन कवर रहेका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...