माइबेनी मेला यो बर्ष नलाग्ने

 लिम्बुवान न्युज
                       

झापा, ३० पुष । पूर्वकै चर्चित कन्काई नदी किनारमा लाग्ने माइबेनी मेला कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै यो बर्ष नलाग्ने भएको छ ।

सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरुको बैठकबाट परम्परादेखि कनकाई नदीको दुबै किनारामा लाग्दै आएको कनकाई माईवेनी मेला नलगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् ।

यसअघि पुस २८ गतेदेखि माघ २ गतेसम्म कनकाई माईको दुबै किनारामा मेला लगाउनका लागि टेन्डर आव्हान गरिएको थियो । सीसीएमसीको बैठकको निर्णयपछि नगरपालिकाले समेत मेला ठेक्काको सबै निर्णय फिर्ता गरी सम्बन्धित ठेकेदारहरुको रकम फिर्ता दिने निर्णय भएको शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले बताइन् ।

कनकाई माईवेनी मेला भर्न र मकर स्नान गर्न नेपाल तथा भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गरेका थिए । बैठकमा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आचार्य, वडाध्यक्ष रोशनराज पोखरेल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...