माइबेनी मेला यो बर्ष नलाग्ने

 लिम्बुवान न्युज
                       

झापा, ३० पुष । पूर्वकै चर्चित कन्काई नदी किनारमा लाग्ने माइबेनी मेला कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै यो बर्ष नलाग्ने भएको छ ।

सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरुको बैठकबाट परम्परादेखि कनकाई नदीको दुबै किनारामा लाग्दै आएको कनकाई माईवेनी मेला नलगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् ।

यसअघि पुस २८ गतेदेखि माघ २ गतेसम्म कनकाई माईको दुबै किनारामा मेला लगाउनका लागि टेन्डर आव्हान गरिएको थियो । सीसीएमसीको बैठकको निर्णयपछि नगरपालिकाले समेत मेला ठेक्काको सबै निर्णय फिर्ता गरी सम्बन्धित ठेकेदारहरुको रकम फिर्ता दिने निर्णय भएको शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले बताइन् ।

कनकाई माईवेनी मेला भर्न र मकर स्नान गर्न नेपाल तथा भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गरेका थिए । बैठकमा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आचार्य, वडाध्यक्ष रोशनराज पोखरेल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...