दमक अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, दमक । दमक नगरको एक मात्र सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

बुधबारदेखि शुक्रबारसम्म चार दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालकी सूचना अधिकारी देबी दंगालले वताइन् ।

अस्पतालका एक दर्जनभन्दा बढि चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथम विन्दु दमक अस्पताल मानिन्छ । यस अस्पतालमा दैनिक एक हजार बढी विरामीले बिमामार्फत उपचार सेवा पाउदैआएका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बूले बताए । संक्रमणका कारण अस्पतालबाट विमा मार्फत उपचार पाइरहेका सेवाग्राहीहरु मारमा परेको उनले बताए ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...