जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, दमक । झापाको दमकस्थित दुम्सेमा मंगलबार साँझ ८ बजेतिर जंगली हात्तीको आक्रमणबाट स्थानीय एक जना बृद्धको ज्यान गएको छ । आक्रमणबाट दमक ३ गोलाटार निवासी ६२ बर्षिय गणेश अधिकारीको निधन भएको हो ।

दमक ३ का वडाध्यक्ष नविन बरालका अनुसार मकैबारीमा पानी लगाउनका लागि कुलोमा गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको ज्यान गएको बताए । आक्रमणबाट घटनास्थलमा नै बृद्धको ज्यान गएको थियो ।

दमकस्थित दुम्से क्षेत्रलाई हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए । घटना पछि गाउँलेले हात्तीलाई बस्तीसंगैको जंगलतर्फ हात्ती धपाएका थिए ।

दमक ३ का वडावासीहरुलाई हात्तीको आक्रमणबाट बच्नका लागि होशियारी अपनाउन समेत वडाध्यक्ष बरालले आग्रह गर्दै आइरहेको बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;