मैवाखोलामा ५५९ जना गरिबको प्रारम्भिक सूचिमा

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर ताप्लेजुङ् । ताप्लेजुङको मैवाखोला गाउँपालिका भित्र ५५९ जना गरिब पहिचान भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रलयद्वारा गरिब पहिचान र परिचय कार्यक्रममा सो संख्यामा गरिबको प्रारम्भिक सूचिमा परेको हो ।

अति विपन्न २३६ जना रहेको मैवाखोला गाउँपालिकाले जनाएको छ । १२२ जना सामान्य गरिब रहेको छ भने त्यस्तै १३८ जना मध्यम गरिब गरेको गाउँपालिकाको गुनासो सुनुवाइ अधिकारी अनिल तामाङले बताए ।

गत २०७६/०७७ आर्थिक वर्षमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गाउँपालिकामा तथ्यांक संकलन गरेको थियो । सो तथ्यांकलाई अन्तिम रुप दिनका लागि गाउँपालिकामा गुसानो सुनुवाई अधिकारी नियुक्ति समेत गरिसकेको मन्त्रालयले जनाएको छ । बिहीबारदेखि २८ माघसम्म आफूले चित्त नबुझेको खण्डमा उजुरी दिन समय तोकिएको गुनासो सुनुवाइ अधिकारी तामाङले बताए ।

तोकिएको समयमा कुनै गुनासो तथा उजुरी नपरेमा सार्वजनिक भएको तथ्यांकका आधारमा गरिब पहिचान परिपत्र मन्त्रालयले वितरण गर्ने तामाङले बताए ।

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय मन्त्रालयले जनाएको छ । गरिब घरपरिवार परिचयपत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पु¥याउने उद्देश्यले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता दिने मन्त्रलयले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;