दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
लिम्बुवानखबर ताप्लेजुङ् । ताप्लेजुङको मैवाखोला गाउँपालिका भित्र ५५९ जना गरिब पहिचान भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रलयद्वारा गरिब पहिचान र परिचय कार्यक्रममा सो संख्यामा गरिबको प्रारम्भिक सूचिमा परेको हो ।
अति विपन्न २३६ जना रहेको मैवाखोला गाउँपालिकाले जनाएको छ । १२२ जना सामान्य गरिब रहेको छ भने त्यस्तै १३८ जना मध्यम गरिब गरेको गाउँपालिकाको गुनासो सुनुवाइ अधिकारी अनिल तामाङले बताए ।
गत २०७६/०७७ आर्थिक वर्षमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गाउँपालिकामा तथ्यांक संकलन गरेको थियो । सो तथ्यांकलाई अन्तिम रुप दिनका लागि गाउँपालिकामा गुसानो सुनुवाई अधिकारी नियुक्ति समेत गरिसकेको मन्त्रालयले जनाएको छ । बिहीबारदेखि २८ माघसम्म आफूले चित्त नबुझेको खण्डमा उजुरी दिन समय तोकिएको गुनासो सुनुवाइ अधिकारी तामाङले बताए ।
तोकिएको समयमा कुनै गुनासो तथा उजुरी नपरेमा सार्वजनिक भएको तथ्यांकका आधारमा गरिब पहिचान परिपत्र मन्त्रालयले वितरण गर्ने तामाङले बताए ।
अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय मन्त्रालयले जनाएको छ । गरिब घरपरिवार परिचयपत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पु¥याउने उद्देश्यले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता दिने मन्त्रलयले जनाएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...