लिम्बुवान कमल ५ को अध्यक्षमा शमशेर लावती चयन

,   लिम्बुवान न्युज
                       

दमक, १५ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल ५ को वडा कमिटी गठन भएको छ । मञ्चका उपाध्यक्ष विष्णु भट्टराईको प्रमुख आतिथ्यतामा कमलस्थित पाँडाजुगीमा शनिबार भएको कार्यक्रममा शमशेर लावतीको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन भएको हो ।

आज गठित समितिको उपाध्यक्षमा देवि माया दर्जी र प्रजल लिम्बु रहेका छन् । त्यसैगरी सचिब मणि कुमार लिम्बु, सह सचिब निर्मला आङदेम्बे र अर्थसचिवमा काजीमान आङदेम्बे चयन भएका छन् । समितिको सदस्यहरुमा याम माया थुलूङ, पदमा मग्राति, सोनू लिम्बु, तारा राई लावती र एलिशा लिम्बु रहेका छन् ।

कार्यक्रममा कमलका स्थानीय नेताहरु लिम्बुवान प्रान्तीय सचिवालय सदस्य बलनाथ नाल्बो, सुर्य याेक्पाङदेन, कविन्द्र सेर्मा, मनकुमार थलङ्, त्यसैगरी बसन्तराज योङहाङ, शेर बहादुर पतङ्वा, विजय ठाडा मगर, एलभी कमाण्डरहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;