लिम्बुवान मञ्च मैवाखोला अध्यक्षमा चरण मुसाहाङ्

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, १५ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मेवाखोला तदर्थ समिति गठन भएको छ । कोरोना महामारी फैलिरहेको हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै शनिबार सम्पन्न मैवाखोला गाउँपालिकाको भेलाले चरण मुसाहाङको अध्यक्षतमा समिति गठन भएको हो ।

उक्त तदर्थ समितिको सदस्य सचिवमा उमेश यक्थुप्पा, सदस्यहरुमा भिमबहादुर लिम्बु, लालबहादुर लिम्बु, सुरेन लिम्बु, भिमकुमार वनेम, बसन्त चोङबाङ, सन्तवीर थोप्रा, सुर्यमान नेयोङ, विश्वराज वनेम, जीवन एभेङ, किरात लिम्बु, शुक्रराज थोप्रा, कल्पना लिम्बु र मञ्जु लिम्बु रहेका छन् ।

उक्त तदर्थ समितिले आगामी फागुन ७ गते गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न गर्ने जनाइएको छ । तदर्थ समिति गठन कार्यक्रम जिल्ला उपाध्यक्ष प्रताप चोङ्वाङको प्रमुख आतिथ्यता साथै जिल्ला सचिव अशोक मादेन, जिल्ला सदस्य उमेश वनृेम लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।

 

सम्बन्धित समाचार

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...