लिम्बुवान मञ्च मैवाखोला अध्यक्षमा चरण मुसाहाङ्

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, १५ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मेवाखोला तदर्थ समिति गठन भएको छ । कोरोना महामारी फैलिरहेको हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै शनिबार सम्पन्न मैवाखोला गाउँपालिकाको भेलाले चरण मुसाहाङको अध्यक्षतमा समिति गठन भएको हो ।

उक्त तदर्थ समितिको सदस्य सचिवमा उमेश यक्थुप्पा, सदस्यहरुमा भिमबहादुर लिम्बु, लालबहादुर लिम्बु, सुरेन लिम्बु, भिमकुमार वनेम, बसन्त चोङबाङ, सन्तवीर थोप्रा, सुर्यमान नेयोङ, विश्वराज वनेम, जीवन एभेङ, किरात लिम्बु, शुक्रराज थोप्रा, कल्पना लिम्बु र मञ्जु लिम्बु रहेका छन् ।

उक्त तदर्थ समितिले आगामी फागुन ७ गते गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न गर्ने जनाइएको छ । तदर्थ समिति गठन कार्यक्रम जिल्ला उपाध्यक्ष प्रताप चोङ्वाङको प्रमुख आतिथ्यता साथै जिल्ला सचिव अशोक मादेन, जिल्ला सदस्य उमेश वनृेम लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...