माओवादीबाट जितेका एक्ला वडाध्यक्ष एमालेमा प्रवेश

 लिम्बुवान न्युज
                       

इलाम, १७ माघ । स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित सन्दकपुर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच राई एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले पार्टीमा स्वागत गरेको हो । सन्दकपुर गाउँपालिकाका पाँच वडा रहेकामा चार वडामा एमालेको नेतृत्वले वडाध्यक्ष हत्याएको थियो । एक वडामा माओवादीबाट राई विजयी भएका थिए ।

राई जिल्लाभरमै माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन् । उनीसहित सोही वडाकी एक महिला जनप्रतिनिधि मात्र माओवादीबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...